चन्द्रपुर । बिगत एक सातादेखी बढेको गर्मीका कारण रौतहटको जनजिवन प्रभावित भएको छ । गर्मिकै कारण रौतहटका विद्यालयहरु बन्द भएका छन् भने सर्पदंशको समस्या समेत बढेको छ । ४० डिग्रिभन्दा माथिको तापक्रम हुँदा यहाँका स्थानीयलाई समस्या भएको छ । अधिकांस ठाउँमा गर्मिकै कारण इनार,पानीको मुहान सुक्न थालेका छन् भने खानेपानीको समस्या पनि बढ्दै जाने देखिन्छ । गर्मि बढेसँगै बजारमा चहलपहल घटेको छ ।

व्यापारीहरु ग्राहक नआउंदा व्यापार कम भएको बताउछंन । आज देशभरको मौसम बदली हुन र पुर्वी र पहाडि क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय नभएको कारणले गर्मि बढेको भएपनि दुईतिन दिनमा तामक्रम घट्ने सम्भावना रहेको मौसम्विद् बरुण पौडेलले जानकारी दिनुभयो ।


