चन्द्रपुर,१५ असार ।
रौतहटको चन्द्रनिगाहपुरमा एक घर एक टिभिएस बिमा तथा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार चन्द्रपुर–४ स्थित हिमालयन होटलमा टिभिएस मोटर कम्पनिको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि अन्तर्गत चन्द्रनिगाहपुर स्थित गणपती अटो एण्ड सेन्टर र अनन्या ट्रेडिङको संयुक्त आयोजनामा उक्त कार्यक्रममा भएको हो ।
सो कार्यक्रममा जिल्ला भरिकै वर्कशपलाई सहभागि गराई टिभिएस बिमा तथा तालिम दिएको अनन्या ट्रेडिङ्का कार्यकारी अधिकृत नारायण तिमल्सिनाले जानकारी दिए । उनका अनुसार वर्कशप संचालकले तालिम लिएको प्रमाण पत्र टिभियस कम्पनिमा देखायो भने १० प्रतिशत छुटमा सो कम्पनिले पाटपुर्जा उपलब्ध गराउने छ ।
कार्यक्रमको प्रमुख अतिथि शिवचरण चौधरी,विशिष्ट अतिथि शम्भु श्राफ, अतिथिहरु रामहरी त्रिपाठी,अरुणकुमार गुप्ता लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिमाको बारेमा प्रशिक्षक रामशरण रोक्का र रामकिशोर शर्माले प्रकाश पारेका थिए । गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पंडितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोे थियो ।