१० वडाका ५० जेष्ठ नागरीकलाई सम्मान

चन्द्रपुर,१५ असार ।
चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । शनिबार पशुपति गेष्ट हाउसमा आयोजित एक कार्यक्रमकाबीच जेष्ठ नागरिकलाई खानेकुरा वितरणकासाथै सम्मान गरिएको हो ।चन्द्रपुर नगपालिकाको १० वटै वडाका ५÷५ जना गरि ५० जना जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको थियो ।
चन्द्रपुर नगरपालिकाको सहयोग तथा मानव मार्ग विकास नेपाल नामक एक गैर सरकारी संस्थाको आयोजनामा कार्यक्रम गरिएको आयोजक संस्थाका सचिव मुकेश गुप्ताले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द दुलालले छिमेकि राष्ट्रहरुमा ६० वर्ष पुराहुने बित्तीकै सो देशका सरकारले जेष्ठ नागरिकहरुलाई सम्पुर्ण सुख सुबिधाहरु दिएर राखेको पाईन्छ भन्नुभयो ।


मुलुकमा सरकारले १ वर्षमा २४ हजार रुपैया बृद्ध भत्ता दिने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सो भत्ताको रकम बृद्धि गरी वार्षिक ३६ हजार रुपैया पु¥याएको छ ।
त्यसबाहेक सरकारले जेष्ठ नागरिकलाई कुनैपनि सुविधा दिएको छैन भन्दै उनले नेपाल सरकारले गर्न नसकेको काम अब स्थानीय सरकारले पुरा गर्ने बताए । चन्द्रपुर नगरपालिकामा रहेको सम्पुर्ण जेष्ठ नागरिकलाई जेष्ठ नागरिकको प्रमाणपत्र पनि वितरण गरिने उनले बताए । उनका अनुसार नगरपालिका भित्रका हरेक वडाबाट जेष्ठ नागरिककालागि बजेट विनियोजन गरेर आगामी दिनहरुमा पनि रकम सहित सम्मान गरिने छ । कार्यक्रममा चन्द्रपुर नगरपालिका सामाजिक बिकास समितिका शाखा प्रमुख मिश्रिलाल साह, संचारकर्मी संजय कार्कि, टिका बहादुर कार्की समेतले आफनो धारण राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles