विद्युत् झ्याप्प झ्याप्प किन काटिन्छ ?

चन्द्रपुर,१६ असार । लोडसेडिङ हटिसकेको भएतापनि आजभोलि रौतहटमा विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । गर्मी बढी भएको समयमा बारम्बार बिजुली काटिन थालपछि स्थानीय आजित बन्दै जान थालेका छन् ।
कतिपयले यसलाई ‘लोडसेडिङ’ नै मान्ने गरेका पनि छन् । प्राधिकरणले भने ट्रान्सफर्मरले काम गर्न नसकेको साथै अन्य समस्या देखाउ“दै पन्छिने गरेको छ । लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको प्राधिकरणको कथन छ ।
केहीदिनदेखि भएको विद्युत् झ्याप्प झ्याप्प जाने समस्यालाई इंिगत गर्दै स्थानीयले बिधुत प्राधिकरणको चरम लापरवाही भएको बताउन थालेका छन् ।
चन्द्रपुरका व्यवसायी दिवाकर सापकोटाले देशभर लोडसेडिङमुक्त भइरह“दा चन्द्रपुरमा किन यस्तो भन्दै प्रश्न गरे । उनले यो त अति भएको तर्क गरे ।

हुन पनि हो अहिले चन्द्रपुरमा बिधुत आउने जाने निश्चित छैन, जतिखेर पनि झ्याप्प झ्याप्प जाने समस्या छ“दैछ ।
यो समस्याका बारेमा बिधुतमा सोधपुछ गर्दा कर्मचारीले काम हुंदैछ,एक छिनमा आ“उछ भन्ने प्रतिक्रिया दिने गरेको अर्का व्यापारी बिनोद रायमाझीले बताए । ‘बत्ती बाले पनि नबाले पनि न्युनतम शुल्क त तिर्नैपर्ने, ग्राहक थप्दै जाने, सुविधा घट्दै जाने यो कस्तो नियम हो ? रायमाझीले प्रश्न गर्दे भने ।’ जतिबेला मन लाग्यो, त्यति बेला बिजुली काट्ने कामले उपभोक्ता हैरान छन् ।
अनियमित विद्युत् जाने आउने समस्याले अहिले चन्द्रपुर,गौर गरुडा जस्ता व्यापारीक केन्द्रका उपभोक्ता हैरान छन् । केही समय आउ“छ, फेरि जान्छ, फेरि आउ“छ, फेरि जान्छ, यो समस्या सबैले भोग्दै आएका छन् ।


यसले गर्दा यस क्षेत्रका व्यवसायीदेखि सरकारी कार्यालय र विद्यार्थीहरुसमेत प्रभावित भएका छन् । विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका कर्मचारीलाई यस विषयमा जानकारी लिन खोज्दा आइहाल्छ भनेर टार्ने गरेको उपभोक्ताको गुनासो छ ।
विद्युत जडान भइसकेपछि नियमित विद्युत उपभोग गर्न पाउने उपभोक्ताको अधिकार हो ।
यदि विद्युत कटौति नै गर्नुपरे पनि कतिखेर विद्युत आउने र कतिखेर जाने भन्ने कुराको जानकारी दिनु अनिवार्य कानुनी व्यवस्था छ ।तर,राजनीतिक संरक्षण पाएका बिधुतका हाकिम र कर्मचारीहरुलाई उपभोक्ताको समस्याको कुनै वास्ता नभएको उपभोक्ताको गुनासो छ ।
असार १६ गते सोमबारको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles