चन्द्रपुर ,१८ असार। रौतहटको बजारमा नक्कली मह बिक्रि बितरण हुने गरेको आशंका बढ्दै गएको छ । प्रहरीले मंगलबार नक्कली मह बनाउन प्रयोग गरिने १ सय लिटर कच्चा पदार्थ बरामद गरेसंगै बजारमा नक्कली मह बिक्रि भईरहेको हुन सक्ने उपभोक्ताले आंशका गरेका छन् । नक्कली मह बनाउन प्रयोग हुने कच्चा पदार्थ १ सय लिटर,दुई थान बाल्टिन महको चाका र ८ केजी चिनी बरामद गरभएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।
बुधबार बिहान पत्रकार सम्मेलन मार्फत डिएसपी महतोले सो कुराको जानकारी दिनुभएको हो । चन्द्रपुर नगरपालिका १ स्थित क्यान्टिन बजारमा जनप्रतिनिधी,बुद्दिजिवी,प्रहरी र स्थानीयले सरसफाई गर्ने क्रममा नक्कली मह बनाउने कच्चा पदार्थ फेला परेको भएपनि नक्कली मह बनाउने गिरोहको पहिचान हुन नसकेको र खोजतलास जारी रहेको डिएसपी महतोले जानकारी दिए ।



