चन्द्रपुर,१९ असार ।
रंगपुर साझेदारी बनले चन्द्रपुर ६ स्थित बन सिमानामा तारबार लगाउदा बनक्षेत्रको जमिन छोडेको केही स्थानियले गुनासो गरेका छन ।
बन क्षेत्र र आवादी जमिनको नक्साकन नगरी साझेदारी बनले मनलाग्दी रुपमा तारवार तथा ट्रेन्च खनेका छन ।
ठुला ठुला दर्जनौ रुख लाइ आवादी जनिम तर्फ पारेर तारबार लगाइएको छ । केही व्यक्तिको जमिन जेसिवी प्रयोग गरी काटीएको छ भने केहीको बन तर्फ च्यापेर एैलानी जमिन बचाइदिएको समेत उनीहरुको गुनासो छ । बन को सिमाना पहिचान गरी कोही कसैलाइ पनि मर्का नपर्ने हिसावले तारबार लगाउन आग्रह गरीएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *