जिविकोपार्जनमा सहकारीको अहम भुमिकाःमन्त्री यादब

चन्द्रपुर,२४ असार । भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारीमार्फत हरेक उत्पादनको बजारीकरण गरिनुपर्ने बताउनुभएको छ ।
रौतहटको चन्द्रपुरमा सोमबार आयोजित ‘सहकारी संस्थाहरु संग समन्वय बैठक’मा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश २ का ८ जिल्लाका जनताको जिवनस्तरमा सुधार ल्याउनका लागी ३ वटा मुख्य विषय,कृषि,पर्यटन र कृषिलाई औधोगिकरण गर्दै प्रदेश सरकार अगाडी बढेको बताउनुभएको छ ।
बिगतमा परम्परागत तरिकाले गरिदै आएको कृषिलाई आधुनीकिकरण गर्दै सहकारी मार्फत अगाडी बढाउने हो भने गरिबी निवारणका लागी सहकारीले मुख्य भुमिका खेल्ने मन्त्री यादबले बताउनुभयो ।
मन्त्री यादबले सहकारीको प्रदेश स्तरीय विधेयक प्रदेश संसदमा प्रस्तुत गरिसकेकाले अब संसद सुचाररु हुने बित्तिकै विधेयक पारीत हुने बताउनुभयो ।
मन्त्री यादबले प्रदेश २ मा झोले सहकारीको पहिचान भईरहेको र त्यस्ता सहकारीलाई कारवाही गर्ने बताउनुभयो ।
सहकारीको लामो ईतिहास भएपनि हालसम्म सहकारीको आफ्नै कुनै उत्पादन (ब्राण्ड)जनताले उपभोग गर्न नपाउनु दुखद भएको मन्त्री यादबले बताउनुभयो ।
जहा“ सहकारी अगाडी बढ्छ,त्यहा“ जनता गरिबीको पिंडाबाट मुक्त हुने बताउ“दै मन्त्री यादबले प्रदेश २ का ८ वटै जिल्लाका सहकारीको प्रबद्र्धन गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
समग्र जिविकोपार्जनमा सहकारीको भुमिका मुख्य भएकाले सहकारी मार्फतनै कृषि उत्पादनको बजारीकरण गर्दै आर्थिक क्रान्ती सफल पारिने मन्त्री यादबको जोड थियो ।
कार्यक्रममा गैसस महासंघ रौतहटका अध्यक्ष रामपुकार यादब ,सहकारी संचालक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles