चन्द्रपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

चन्द्रपुर,२३ असार । रौतहटको चन्द्रपुर ९ चेतनगरमा डिभिजन सडक कार्यालयले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
केही दिन अघि सडक निमार्णमा लापर्वाही भएको भन्दै गुनासो आएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बिकास निमार्ण एवम् सेवा प्रवाह सम्वन्धी सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सभापती रामएकवाल राय यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा , चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी, ९ नम्बर का वडाध्यक्ष गोबिन्द दुलाल , रौतहट निमार्ण व्यवसायी संघका अध्यक्ष दयाराम साह, लगाएत सुरक्षाकर्मी निकायका प्रमुखहरु तथा पत्रकारहरु को सहभागिता रहेको थियो । कार्यक्रममा सडक कार्यालय संग सम्वन्धित ९ जना सहभागीले जिज्ञासाहरु राखेका थिए । सहभागीहरुले सडक डिभिजन अन्तर्गत संचालन भएका सडक निर्माणका योजना,भ्रष्टाचार र ठेकेदारको लापरवाहीको विषयमा प्रश्न गरेका थिए ।
्सहभागीहरुले गरेको प्रश्नमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साहले कार्यालयले सकेसम्म गुणस्तरीय कार्य गर्न ठेकेदारलाई सजक गराएको बताए ।
उनले चेतनगरमा उप्किएको कालोपत्रे तापक्रम बढी रहेका कारणले भएको भन्दै कहिं कमी कमजोरी ठेकेदारबाट भएको स्विकार गर्दै कमजोरी सच्चाईएको बताए ।
उनले कार्यालयले राम्रो काम गर्न ठेकेदारलाई निर्देशन दिएको बताउँदै सम्भौता अनुरुप काम नगर्ने ठेकेदारको भुक्तानी रोकेर पुनःकाम गराउन कार्यालय तयार रहेको बताए ।