कटहरिया,२५ असार ।
रौतहटको कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा सम्पन्न गरेको छ । केन्द्र सरकारद्धारा निर्धारित समय भन्दा केही ढिलो भएपनी नगरसभा सम्पन्न भएको हो । ्आर्थिक बर्ष २०७६÷०७७ को लागी कटहरिया नगरपालिकाले ४९ करोड,३७ लाख ३२ हजारको बजेट नगरसभाबाट पारित भएको नगरप्रमुख सियाराम कुश्वाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्षको लागी आर्थिक बिकास तर्फ किशान संग मेयर शिर्षकमा ५० लाख बजेट बिनियोजन गरीएको छ । सहकारी,पशु पंक्षी तथा मतस्य,पर्यटन तथा संस्कृती,उधोग बाणिज्य तथा बित्तिय क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको छ । त्यसैगरी शिक्षा तथा खेलकुद क्षेत्रमा एक करोड पा“चलाख रुपैया“ नगरसभाले बिनियोजन गरेको छ । खानेपानी तथा सरसफाई,लैंगिक समानता तथा सामाजिक समावेसीकरण,छात्रा संग नगरपालिका बिषयलाई प्राथमिकता दिईएको छ । स्वास्थ्यमा एक करोड र शिप विकास तालिमको लागी ५० लाख रुपैया“ बिनियोजन गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
‘सडक तथा पुल, सडक सञ्जालको बिस्तार समृद्धीको आधार’ भन्ने मान्यताका साथ आगामी आर्थिक बर्षमा नगरलाई महेन्द्र राजमार्ग संग जोडन बिषेश जोड दिइएको छ । सिंचाई तर्फ ५० लाख रुपैया“ बिनियोजन गरीएको छ ।
भवन तथा सहरी विकास,सञ्चार,बाताबरण तथा बिपत ब्यवस्थापन,संस्थागत विकास तथा शेवाप्रवाह,बितिय ब्यवस्थापन र सुशासन लाई पनी प्राथमिक्तामा राखिएको नगर प्रमुख सियाराम कुश्वाहाले बताए ।
नगरसभामा संघिय सांसद समिना हुसैन,प्रदेश सांसद कुन्दन कुश्वाहा,जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव,जिविसका पुर्व उपसभापती रजिउदिन आलम लगायतले विकासलाई गती दिएर कटहरियालाई नमुना नगर बनाउनमा जोड दिए । स्थानिय तहमा आएको विकास बजेट जनतामा खर्च गर्न समेत उनले सुझाव दिएका छन ।
कटहरिया नगरपालिकामा देखिएको बिवाद नगरस्तरमै मिलाउन पुर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि प्रभु साहले सुझाव दिएका छन ।