काठमाण्डौ–नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोस“ग चलिरहेको छ ।
उनै, स्वेता चलचित्रका कार्यक्रममा प्राय पुग्छिन् । निम्तो आएका कार्यक्रममा पुग्ने स्वेता आफूलाई विन्दास रुपले प्रस्तुत गर्छिन् । कठमाण्डौमा आयोजित चलचित्र जात्रै जात्राको सक्सेस पार्टीमा पनि स्वेता यसरी नै पुगिन् ।
स्वेताले लगाएको पहिरनमा उनी बोल्ड देखिएकी थिइन् । कार्यक्रम हलमा पुग्ने वित्तिकै चलचित्र जात्रै जात्राको गीतमा नृत्य गरेकी स्वेता विन्दास मुडमा देखिएकी थिइन् ।निर्माण टिमले उनको फाउन्डेशन स्वेता श्रीलाई नगद सहयोग समेत गरेको थियो ।