सेक्स फेस्टिबलमा महिलालाई ह्दयघात

काठमाण्डौ–इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै ह्दयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहा“ उनको उपचार चलिरहेको छ ।
इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक यौन क्रियाकलापको क्रममा अचानक लडिन् । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चा“डै नै डिस्चार्ज गरिने बताइएको छ ।
यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायकता काम गरिन्छ ।
रोचक कुरा के छ भने इंगल्याण्डमा पूरा युरोपको यो सबैभन्दा ठूलो सेक्स फेस्टिबल हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।
युरोपको वोर्केस्टरशायरको एउटा गा“उमा गरिएको छ जहा“ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियास“गको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।
यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउछन् ।
यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारेपूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles