सर्वसाधरणमा सतर्क रहन रौतहट प्रशासनको निम्नानुसारको अनुरोध

गौर । लगातार वर्षाका कारण जिल्लाका दक्षिणी क्षेत्रहरु विशेष गरी – गौर बजार, बंजरहा, औरैया, बंकुल, बेलबिछवा, बडहरवा आदि बस्तिहरुमा पानीको सतह करिव २ फिटभन्दा माथि पुगीसकेको छ र क्रमश सतह बढ्दो क्रममा रहेको छ । त्यसैगरी वागमती, बकैया, झांझ र अन्य साना नदीहरुमा पानीको सतह बढ्दो क्रममा रहेको छ भने केही स्थानमा नदीले बाँध कटान समेत सुरु गरेको छ । साथै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २८ गतेसम्म लगातार वर्षा हुने सम्भावना रहेको बताएको हुँदा सर्वसाधरणमा सतर्क रहन निम्नानुसारको अनुरोध गरिन्छ ।

१) नदी छेउका बस्तिहरुले नदीको अवस्था हेरी बस्तिमा नदी पस्ने सक्ने संभावना भएमा सुरक्षित स्थानको पहिचान गरी सो स्थानतर्फ जानु हुन र प्रहरीलाई १०० मा वा अन्य नजिकको सुरक्षा निकायलाई खबर गर्ने, 
२) नदीले वाँध कटान गरिरिहेको छ भने त्यस्तो स्थानको बारेमा प्रहरीलाई खबर गर्ने,
३) तयारी खाना जस्तो-चिउरा, दालमोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्ने,
४) खानेपानी बोतल वा जारमा भरेर तयारी राख्ने,
५) स-सना बालबालिकालाई अभिभावकको साथ बेगर बाहिर निस्कन नदिने,
६) सवारी साधन डुब्ने स्थिति भएमा समयमा सुरक्षित स्थानमा लैजाने,
७) महत्वपूर्ण कागजात, नगद पैसा पानीले नभिज्ने गरी प्लाष्टिकको प्याकेट वा अन्य तेस्तै प्याकेटमा राख्ने,
८) अत्यन्तै जीर्ण कच्ची वा पक्की घर भए त्यस्तो घरमा नबस्ने,
९) पानी जमेर पानीको सतह बढ्दै जाँदा बहुतले घर छ भने तल्लो तलामा पानी पस्न सुरु भएमा माथिल्लो तलामा सर्ने, बस्ने,
१०) एकान्तमा एक्लो घर छ भने छिमेकीहरुको सम्पर्कमा रहने, सकेसम्म छिमेकीसंग मिलेर बस्ने,
११) ट्युबवेलको पानी पिउन प्रयोग गरिरहेको भए ट्युबवेलको सतहसम्म पानी आएको खण्डमा पानी नपिउने, पहिले पानी थापी राख्ने,
१२) पानीको गहिराई अंदाज नभएको स्थानमा नपस्ने, स्थानीय तैरिने समाग्रीहरु तयारी राख्ने जस्तो- ड्रम, केराको थम, ट्युव, डोरी, आदि ।
१३) आपतमा फसेको र उद्धारको आवश्यक्ता परेमा तत्काल प्रहरीको १०० मा वा नजिकको सुरक्षा निकायलाई खबर गर्ने,
१४) सुत्केरी महिला, नबजात शिशु, बृद्ध-बृद्धा, सारिरीक रुपले अशक्तहरुको बिशेष ख्याल राखने , 
१५) आफ्नो नजिकका स्थानीय मेयर, वडा अध्यक्ष, प्रहरी वा अन्य सुरक्षा निकायको फोन नम्बर राख्ने ।
पुनश्चः
विपद उद्धारको आवश्यकता परेको खण्डमा निम्न सम्पर्क नम्बरमा खवर गर्न हुन अनुरोध गरिन्छ ।

• जिल्ला प्रशासन कार्यालय, रौतहट DEOC- ०५५ ५२०४२४
• नेपाली सेना, ईन्द्रबक्स गण, रौतहट – ९८६२५३६२९९
• जिल्ला प्रहरी कार्यालय, रौतहट- १००, ९८५५०९०३७४, ९८५५०४०९९९, ०५५ ५२०८४०
• सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा., रौतहट- ९८५१२७२१३०, ९८४१२०१३५९
• नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, रौतहट-०५५ ५२०१४१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles