भारतीय बाँधका कारण सधै डुब्छ गौर

गौर ,२९ असार । भारतले दशगजामा निर्माण गरेको बाँधका कारण रौहतटको सदरमुका गौर सधंै डुबानमा पर्ने गरेको छ । बाधका कारण शनिबार पनि सदरमुकाम गौर डुबानमा परेको छ । एक तर्फि रुपमा भारतले बाँध बाँधेको कारण बर्षेनी गौर डुबानमा पर्दै आएको स्थानीयले बताएका छन् । २०३२ सालमा आफ्नो भूमि बैरगनिया लगायतका बिहारको शहर बचाउन रौतहटको सिमाक्षेत्रमा २० फिट भन्दा बढी अग्लो झण्डै ३० किलोमिटर लामो बाँध बनाएर नेपाली भुभाग डुबान गराउन सुरु गरेको गौरका स्थानीय सञ्चारकर्मी जयप्रकाश यादबले बताए । आफ्नो देशको भुभाग जोगाउन भारतले जबर्जस्ती बाँध बाधेंको उनले आरोप लगाए । डुबानका बेला बाँधको ढोका खोल्न अनुरोध गर्दा भारतीय अधिकारीहरुले साचो छैन भनेर झुक्याउने, अनि दुख दिने काम गर्दै आएका छन् । अन्तराष्ट्रिय मान्यता बिपरित भारतले दसगजा भित्र बाँध निर्माण गरेको भन्दै गौरका स्थानीयले बिरोध गर्दै आएका छन ।

बर्षका कारण जनजीवन अस्तव्यस्त
लगातारको बर्षाका रौतहटको जनजीवन अस्तव्यस्त बनेको छ । ४ दिनदेखीको बर्षाका कारण पुर्व—पश्चिम राजमार्ग बन्द हेको छ । सदरमुकाम गौर डुबानमा परेका कारण सदरमुकामसंग सम्पर्क बिच्छेद हुन पुगेको छ । सयौं गाँउ डुबानमा परेका छन भने हजारौं स्थानीयको बिचल्ली हुन पुगेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
सदरमुकाम गौरमा रहेका सुरक्षाकर्मीका ब्यारेक र कार्यालय समेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भएको छ । बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।
झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् ।
बाढीले सडक सम्पर्क बिच्छेद गरेपछि फोन र प्रहरीको सञ्चार सेटले पनि काम गर्न छोडेको छ । धेरै स्थान डुबानमा परेकाले कहाँ कति क्षती भयो भनेर कसैलाई जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए । तत्काल उद्दारको आवश्यक्ता धेरै स्थानमा छ तर, प्रतिकुल मौसमका कारण केही गर्न नसकिएको उनले बताए । बागमती नदीले, पिप्रा रजबाडा, बडहरवा ,मत्सरी, बेलबिछवा र आसपासका खेतहरु कटान गरेको छ । पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ ।


सडक सञ्जाल अबरुद्ध
बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । बाढीले गौर—चन्द्रनिगाहपुर, गरुडा—कटहरीया, देवाही—मौलापुर, गौर—बडहर्वा सडकखण्ड अवरुद्ध भएको छ । फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । सो नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगासहितका केही पौडीबाज जिल्लाका विभिन्न स्थानमा पठाइए पनि त्यो पर्याप्त नभएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरु बताउँछन ।


रौहतटका प्रमुख जिल्ला अधिकारी किरण थापाले पानी निरन्तर परेका कारण उद्धार कार्यमा कठिनाई भईरहेको बताए । उनले सडक सञ्जाल र सञ्चार ध्वस्त रहेको अवस्थामा कहाँ कति क्षती भयो,कहाँ कहाँ उद्धार जरुरी छ भनेर यकिन गर्नै कठिन रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles