रौतहटमा बाढीको कहर,बाढीपिडित स्कुल र बाटोमा भोकै बस्न बाध्य

गौर,३० असार ।
निरन्तरको बर्षपछि आएको बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि रौतहटको जनवीवन अस्त व्यस्त बनेको छ ।
करिव ३० हजार बढी घरमा क्षति पुगेको छ । बाढीबाट बिस्थापित हरु सामुदायिक भवन, विद्यालाय, लगायतका सुरक्षित स्थानमा बसेका छन् । बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाक बनेको छ । कतिले बास पाएका छैनन् भने खाना,पानीको समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले राहत नपाएको भन्दै तत्काल राहतको माग गरेका छन् ।
अविरल वर्षासंगै लालबकैया र बाग्मती नदीमा आएको बाढीका कारण डुवानमा परेको रौतहटमा आइतबार विहानदेखि पानी रोकिएको छ । डुवानका कारण सयौं घरमा क्षति पुगेको छ भने करौडौंको बालीनाली नोक्सान भएको छ । डुवान प्रभावितहरु सडक र विद्यालय भवनमा बसेका छन् । खानेपानी र बासस्थानको अभावमा दैनिकी कष्टपूर्ण बनेको छ ।
बाढीले घर भत्काएपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डको विभिन्न स्थानमा प्लास्टिकको छाप्रो हालेर बस्न उनीहरु बाध्य भएका छन् । उनीहरुले विहान बेलुका खान र लत्ता कपडाको समस्या भएको गुनासो गरेका छन् ।
शवगढाका गौरीसंकर प्रसाद जयसवालले बाढीका कारण घर डुबाएको र अन्नपात समेत बगाएकाले परिवार सहित बाटोमा पाल टाँगेर बस्न बाध्य भएको बताए । उनको ६ जनाको परिवार निरन्तर ४ दिनदेखी राजमार्ग छेउमा पाल टा“गेर बसेको भएपनि कसैले वास्ता नगरेको उनले गुनासो गरे । सोही स्थानमा पाल टा“गेर बसेकी राजपुर नगरपालिका १ की ६० बर्षीय बृद्धा पुरकलिया देबीले खाना,बस्न र लत्ताकपडा केही नभएको बताईन । उनी सहित उनको ५ जनाको परिवार समेत बाटोमै पाल टांगेर बस्न बाध्य छन् ।
उनका छोरा मेघनाथ यादबले बिपतमा परेको बेला कसैले नहेरेको गुनासो गर्दै बाढीपिडीतलाई न्यान दिलायन आग्रह गरे । रौतहटमा बाढी पिडितको बिचल्ली भएको छ । बिधालयहरुमा बसेका बाढी पिडितहरुले खान समेत पाएका छैनन । दुर्गाभगवती गाउ“पालिका को सरस्वती माविमा बस्दै आएका सयौ परिवार खाने र बस्ने समस्याले पिडित छन ।
घरमा भएको लता कपडा , अन्य समान बगाएपछि उनीहरु बिधालयको चिसो बरन्डा मा बस्दै आएका छन ।
उक्त बिधालयमा करीव तीन सय पिडित परिवार बस्दै आएका छन । खाने समस्या छ । धेरै बिरामी पर्न थालेका छन । सुत्केरी ,बृद्धबृद्धाहरु बिरामी पर्न थालेका छन । औषधी उपचारको सुबिधा छैन ।
भैसी , बाख्रा, गाइ पनि सगै राखिएको छ । विद्यालयका कक्षा कोठाहरुमा बेन्च जोडेर पिडितहरु बस्दै आएका छन ।
बढी प्रभावित दुर्गाभगवती गाउपालिका तथा इशनाथ नगरपालिकामा सोमवार साझ सम्म पिडितले राहात पाएका छैनन । खाने सामाग्री समेत छैन । दुर्गा भगवती गाउपालिकाले एक ट्रक चामल वितरणको लागी ल्याएको छ तर उस्ले मंगलवार मात्रै बितरण गर्ने जनाएको छ ।
सो गाउ“पालिकाको ५ वटा वडाका अधिका“श बस्ति बाढी र डुवान बाट पुर्णरुपमा प्रभावित छ । इशनाथ नगरपालिकाको बन्जारहा र औरया टोल मा सोमवार साझ सम्म राहात पुगेको छैन । दुइ वटा रबरवोट मा सोमवार दिउसो उद्धार र राहातको लागी त्यस तर्फ गएका छन । प्रदेश सरकारले रौतहटको लागी ३ हजार त्रिपाल पठाएको छ । ३ सय त्रिपाल दुर्गाभगवतीको बडर्वामा रहेकाहरु लाइ र ६ सय त्रिपाल इशनाथ नपाको बन्जराहा र औरैयाका लागी पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles