९ को मृत्यु,१ बेपत्ता

गौर,३० असार ।
रौतहटमा बाढी तथा डुवानमा परी हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
पानीको सतह कम हुने गएपछि ज्यान गुमाउनेको शव फेला पर्न थालेको र हालसम्म १ जना महिला बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार छ जना पुरुष ,एकजना महिला र दुईजना बालकको बाढीका कारण ज्यान गएको हो ।
असार २८ गतेदेखि हराइरहेका राजपुर नगरपालिका १ का २५ वर्षीय सोनालाल साहको शव सोमबार बिहान गौर भन्सार एरियामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गढीमाई नपा १ का बिरेन्द्र रामका १० बर्षिय छोरा रबी राम र रामबाबु रामको छोरा १० बर्षिय सुरेश रामको पनि पानीमा डुबेर ज्यान गएको छ ।
यसअघि यमुनामाई गापा १ की २५ बर्षिया गायत्री देवी साह, ईशनाथ १ बनजरहाका ३५ बर्षिय हरेन्द्र यादव, गौर नपा ३ टिकुलियाका ४० का शिवमंगल पटेल र ३५ का तुलसी राउतको पानीमा डुबेर ज्यान गएको थियो ।
दुर्गाभगवती गा“उपालिका ४ का ४० का बिरेन्द्र मिश्र,ईशनाथ नगरपालिकाका २५ बर्षिय युवकको पनि मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यता घरबाट दाउरा लिनगएकी गढीमाई नपा ६ की ४५ बर्षिया अनन्दी देवी बाढीमा बगेर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।