चन्द्रपुर,३० असार ।
अविरल वर्षाका कारण रौतहटका स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सकहरुले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन् ।
खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउ“छन् ।
पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च जोखिम रहने उनीहरूको भनाइ छ । वर्षायाममा पानीजन्य सरुवा रोगको सङ्क्रमण फैलने सम्भावना बढी हुने चिकित्सकहरु बताउ“छन । झाडापखाला, टाइफाइड, हैजा र लेप्टोस्पिरोसिस हुने जोखिम रहने भएकाले बच्न सुझाव दिन्छन चन्द्रपु अस्पतालका प्रमुख डाक्टर सुबाष चौधरी । उनका अनुसार पानीको स्रोतमा प्रदूषित पानी मिसिने भएकोले र पानी निर्मलीकरणका यथेष्ठ विकल्प नहु“दा वर्षाका बेला पानीबाट फैलने रोगको जोखिम बढी हुने गर्छ ।
चिकित्सकहरूका अनुसार पानीजन्य रोगबाट बच्नका लागि आफूले खाने र खाना पकाउने पानीमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । सरसफाइमा ध्यान पु¥याए ७० देखि ८० प्रतिशत रोग रोकथाम गर्न सकिने डा.चौधरी बताउ“छन् । उमालेको अथवा निर्मलीकरण गरेको पानी मात्रै पिउने,खाना खानुअघि र शौचालय गएपछि साबुन तथा पानीले हात धुने,तरकारीहरू राम्रोसंग पखालेर राम्ररी पकाएको खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने,जनावरका सिनोको उचित व्यवस्थापन गर्ने, बस्तीदेखि पर गाड्न डा.चौधरीको सुझाव छ ।
यता बाढीका कारण सर्पदंशका बिरामी समेत बढ्दै गएको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तबका अनुसार हालसम्म १८ जना सर्पदंशका बिरामी भर्ना भएको र बिरामी बढ्ने क्रम जारी रहेकाले औषधीको समेत अभाव हुने देखिएको उनले बताए । बर्खायामका बेला सर्पहरू पानीबाट निस्केर बाहिर आउने भएकोले अरू बेलाको तुलनामा अझ बढी सजग हुनुपर्ने हुन्छ । जमिनमुनि बस्नेदेखि पानीमा रहनेसम्मका सर्प पनि श्वास फेर्न बाहिर आउनुपर्ने भएकोले उनीहरू सुक्खा ठाउ“मा आउ“छन् । त्यो भएर मानवसंग जम्काभेट हुने सम्भावना पनि बढी हुने भएकले सजक रहन डा. श्रीवास्तबको सुझाब छ ।
सर्पले टोकेको एक घण्टाभित्र अस्पताल पु¥याउन नसके बिरामीको ज्यान तलमाथि हुनसक्ने सम्भावना बढ्ने भएकोले अस्पताल पु¥याउनुपर्ने उनको सुझाव छ ।