अनमोल हिरो,भुवन भिलेन

काठमाण्डौ–अभिनेता भुवन केसी प्राय लामो जुंगामा देखिन्छन् । उनी फिल्म मिस्टर नेपालीको कार्यक्रममा दाह्री जुंगाको साथमा देखिए । उनको दाह्री अलि अलि फुलेको थियो । उनले यो गेटअप आफ्नै होम प्रोडक्शनबाट निर्माण हुन लागेको नया“ फिल्मको लागि बनाएको बताए ।
उनले यो फिल्ममा आफु भिलेनको रुपमा प्रस्तुत हुने खुलासा गर्दै भने यो गेटअप मैले आगामी फिल्मको लागि बनाएको हो । यो फिल्ममा म भिलेनको भुमिका निभाउदै छु । साथै उनले यो गेटअप पुरा नभएको बताए । उनले भने, मलाई यो गेटअप सार्वजनिक गर्ने मन थिएन । कार्यक्रममा आउनै परेर मात्र हो । मेरो यो गेटअप अझै पुरा भएको छैन ।यो फिल्ममा अनमोल केसी हिरोको भुमिका निभाउने छन् ।
अनमोल केसीको पछिल्लो समय ए मेरो हजुर ३ प्रर्दशन भएको थियो । यो फिल्म पछि उनी ब्रेक लिएर बसिरहेका छन् । सायद उनी फिल्मको तयारीमै जुटेका होलान् ।
तर, भुवन केसीले हालै मिस्टर नेपालीको छायांकन सकेका छन् ।यो फिल्मको छायांकन सके लगत्तै उनी आफ्नै होम प्रोडक्सनको फिल्ममा व्यस्त भएका छन् ।यो फिल्मको दशैं पछि छायांकन सुरु गरिने छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *