देउवा र निधि रौतहट आउदै

चन्द्रपुर,३१ असार ।
रौतहटमा बाढीबाट भएको जनधनको क्षती निरीक्षण गर्न पुर्व प्रधानमन्त्रि एवं नेपाली काग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा एवम केन्द्रीय उप सभापति विमलेन्द्र निधि बुधबार रौतहट आउन लाग्नुभएको छ । रौतहटको बाढी प्रभावित क्षेत्रहरुमा विस्थापित भएका परिवारहरुको स्थलगत निरीक्षण तथा अवलोकन गर्न देउवा रौतहट आउन लाग्नुभएका हुन् ।
देउवा र निधि द्धारा रौतहटको क्षेत्र नम्बर १ र ४ को हरेक नगरपालिका निरीक्षण गरिने नेपाल विद्यार्थी संघका केन्द्रय सदस्य मो.फिरोज आलमले जानकारी दिएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg