गौर,१ साउन। लगातारको बर्षपछि आएको बाढीका कारण प्रभावित भएको रौतहट जिल्लाको अवस्था बुझ्न शिर्षस्थ नेता तथा मन्त्रीहरु रौतहट आएका छन् । पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल,उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ,उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन, पुर्व मन्त्री प्रभु साह,विकास समतिकी संयोजक कल्याणी खड्का लगायतको टोली बुधबार बाढीले गरेको क्षती र बाढीपछिको अवस्था बुझ्न रौहतटको सदरमुकाम गौर आएका हुन । टोलीको गौर आएपछि राजपा संयोजक अनिल झा लगायतका जिल्लाका नेताहरु पनि बुधबार गौरमा रहेको नेपाली सेनाको इन्द्रबक्स गणमा आएका थिए । हेलिकप्टर बाट रौतहटको अवस्था बुझ्न आएको सो टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु संग बस्तुस्थीतिको बारेमा जानकारी लिएका थिए ।
बस्तुस्थीतिको बारेमा जानकारी लिएपछि संचारकर्मीहरु संग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले विपत बाट जोगाउनका लागी गर्नु पर्ने तयारी सरकारले गरिरहेको बताएका थिए । उनले जनधनको क्षति हुन नदिन सरकारले काम गरि रहेको बताउ“दै विपत व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागी केन्द्र, प्रदेश र स्थानिय तहको स्तरमा पनि काम अगाडी बढाएको बताए । उहनले विपत पछीको पुननिर्माणमा सरकार जुटेको बताउ“दै पीडितले राहत पाउने बताए ।
बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु संचालन गर्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए । मन्त्री यादबले झाडापखाला,हैजा जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको बताए । प्रदेश स्तरमै स्वास्थ्य अवस्थाको अवलोकन तथा निगरानीका लागी पनि संयन्त्र बनाइएको स्वास्थ्य मन्त्री यादवले बताए । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा सरकारले पूर्व सूचना दिने गरेको बताए ।