अवस्था बुझ्न मन्त्रीहरुको टोली रौतहटमा

गौर,१ साउन ।
लगातारको बर्षपछि आएको बाढीका कारण प्रभावित भएको रौतहट जिल्लाको अवस्था बुझ्न शिर्षस्थ नेता तथा मन्त्रीहरु रौतहट आएका छन् । पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल,उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ,उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन, पुर्व मन्त्री प्रभु साह,विकास समतिकी संयोजक कल्याणी खड्का लगायतको टोली बुधबार बाढीले गरेको क्षती र बाढीपछिको अवस्था बुझ्न रौहतटको सदरमुकाम गौर आएका हुन । टोलीको गौर आएपछि राजपा संयोजक अनिल झा लगायतका जिल्लाका नेताहरु पनि बुधबार गौरमा रहेको नेपाली सेनाको इन्द्रबक्स गणमा आएका थिए । हेलिकप्टर बाट रौतहटको अवस्था बुझ्न आएको सो टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु संग बस्तुस्थीतिको बारेमा जानकारी लिएका थिए ।
बस्तुस्थीतिको बारेमा जानकारी लिएपछि संचारकर्मीहरु संग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले विपत बाट जोगाउनका लागी गर्नु पर्ने तयारी सरकारले गरिरहेको बताएका थिए । उनले जनधनको क्षति हुन नदिन सरकारले काम गरि रहेको बताउ“दै विपत व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागी केन्द्र, प्रदेश र स्थानिय तहको स्तरमा पनि काम अगाडी बढाएको बताए । उहनले विपत पछीको पुननिर्माणमा सरकार जुटेको बताउ“दै पीडितले राहत पाउने बताए ।
बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु संचालन गर्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए । मन्त्री यादबले झाडापखाला,हैजा जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको बताए । प्रदेश स्तरमै स्वास्थ्य अवस्थाको अवलोकन तथा निगरानीका लागी पनि संयन्त्र बनाइएको स्वास्थ्य मन्त्री यादवले बताए । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा सरकारले पूर्व सूचना दिने गरेको बताए ।
पानी कम भईसकेकाले पून निर्माणका लागी पनि मातहतका कार्यालयहरुलाई निर्देशन दिईसकेको उनले बताए । यता,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,पुर्व गृहमन्त्री बिमलेन्द्र निधि लगायतका कांग्रेसका नेताले जिल्लाको बिभिन्न स्थानमा गएर बाढी पीडितको स्थलगत निरिक्षण गरेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढीले गरेको क्षती र पीडितहरुको उद्धार र राहतका बारेमा टोलीलाई जानकारी गराएका थिए । थापाले स्थानीय सरकारले विपद व्यवस्थापन जस्तो गम्भिर विषयलाई महत्व नदिएकाले ठुलो क्षती भएको टोली समक्ष जानकारी गराएका थिए । थापाले बारम्बार विपद व्यवस्थापनका लागी बैठक बोलाउ“दा समेत केही जनप्रतिनिधि मात्र बैठक,छलफलमा आउनुले स्थानीय सरकार जनताप्रति जिम्मेवार बन्न नसकेको बताएका थिए ।
गत साता लाल बकैया र बाग्मती नदी उर्लिएर पसेको बाढीका कारण रौतहटमा ठूलो क्षति भएको छ । बाढीका कारण जनजिवन निकै कष्टकर बनेको छ भने बाग्मती र लाल बकैया नदीको बा“ध विभिन्न स्थानमा फुटदा हजारौ परिवार विस्थापीत बनेका छन । बाढीका कारण हाल सम्म रौतहटमा २६०० घर पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । ५ हजार ६ सय घरमा आंसिक क्षति पुगेको छ भने ९ जनाको मृत्यु , ५ जना घाइते २६ हजार विस्थापित भएको र यो बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । इशनाथ नगरपालिका, गौर नगरपालिका, बौधीमाइ नगरपालिका, परोहा नगरपालिका, मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, यमुनामाइ गाउ“पालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउपालिका, माधवनारायन नगरपालिका, गरुडा नगरपालिका, बृन्दावन नगरपालिका, गढिमाइ नगरपालिका, कटहरिया नगरपालिका, फतुवा बिजयपुर नगरपालिका , राजपुर नगरपालिका डुबानमा परेका थिए ।
सबै भन्दा बढी क्षति गौर, राजदेवी, दुर्गाभग्वती र इशनाथ नगरपालिकामा भएको छ ।
झा“झ नदि, बकैया, बाग्मती नदिहरु मा आएको बाढीले दर्जनौं स्थानमा बाध भत्काएको छ । गौर नगरपालिका भरि नै १४÷१५ फिट पानी बग्यो र अहिले पनि सहरी क्षेत्र बाहेक को स्थानमा १÷२ फिट पानी जमेको छ । जिल्लाका कुनै पनि सरकारी कार्यालय डुबान बाट वच्न सकेनन् । भारतले रौतहट संग जोडिएको भारत तर्फ बैरगनिया बाध, रिगा बाध, बलुवा बाध, महङुवा बाध, असोगी बाध, फुलवरिया बाध, मुसाचक बाध, गुवावारी बाध, ढेङ बा“ध लागयतको स्थानमा मापदण्ड विपरीत १५÷२० फिट अग्लो पक्की बाध बाधेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles