राजपुर,१ साउन ।
रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरका ७० घर परिवार ५ दिन देखि लाल बकैया नदीको बांधमा त्रिपाल मुनि गुजारा गरिरहेका छन । आषाढ २८ गतेका दिन लालबकैया नदीमा आएको बाढिले घर क्षतिग्रस्त भएपछि डुवानमा परेको दिन देखि बांधमा सहारा लिएका हुन ।दलित समुदायका करीव ८० घर परिवारले सानो बच्चा सहित पाल मुनि गुजरा गरीरहे पनि हाल सम्म कुनै राहत नपाएको दुखेसो बाढिपीडितहरुले गरेका छन ।
नदीको पूर्व तर्फमा निर्माण गरिएको तटबंधमा ५ दिन देखि बसेको भएपनि कोही कसैले हेर्न पनि नआएको पीडित शेख नासिरले बताए । बाढीले नहर भत्काइ दिएपछि आवागमन गर्न समस्या रहेको बताए । घरमा बस्ने अवस्था नरहेका कारण नहरको डिलनै बासस्थान बनाउनुपरेको उनले बताए । अन्य स्थानमा चिउरा,दालमुठ भएपनि बा“डिएको छ तर, हामीलाइ कसैले हेर्न पनि आएका छैनन्,उनले भने । पानी पर्दा पाल मुनि जहांन परिवार लुकेर बस्ने गरेको बताउ“दै नासिरले नगरपालिकाका प्रमुख मोहमद सकिल अख्तर १ दिन पनि हाल खबर बुझ्न न आएको बताए । सो स्थानमा शुद्ध खाने पानीको आभाव रहेको छ । बांध मै खाना पकाएर खाने गरेको बताउ“दै यहां बसेका सवै महिला पुरुष ,बृद्ध बृद्धा , बाल बालिकाहरु कस्टकर जीवन विताई रहेको उनले बताए । स्थानीय राम एकवाल रामले एक दिन वडा अध्यक्षले चिउरा दिएको बताए । त्यसपछि कोही फर्केर नआएको र बांधमै ज्यान जोखिममा राखेर बस्न बाध्य भएको पीडितहरुले गुनासो गरेका छन् । चुनावको बेला ठुल ठूला कुरा गर्ने नेता विपद परेको बेला हेर्न पनि नआउनु दुखद भएको उनिहरुले बताए । बांधको नजिक भएर नद बगी रहेकोले जोखिम पुर्ण अवस्था रहेको छ । साना साना बाल बालिकाहरुलाई देखे पछि ह्दय दुखित हुन्छ । विपदको बेलामा समय मै राहत ,उद्दार ,व्यवस्थापन गर्नु पर्ने जरुरी छ ।