आर्थिक कारोबार बिग्रिएपछि अपहरणको नाटक

कटहरिया,३ साउन । आफु अपहरणमा परेको भनी नाटक गरेर लुक्दै आएका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक कारोबार बिग्रदै जान थालेपछि अपहरणको नाटक गरेर साधुको भेषमा लुक्दै हिंडेका रौतहटको कटहरियाका व्यापारी श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी आर्थिक कारोबार बिग्रेपछि अचानक वेपत्ता भएका थिए । उनलाई भारतीय प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।
कटहरिया नगरपालिका ७ बगहीका ३६ वर्षीय साह गरुडामा हिसाब किताब गरी काठमाण्डौ जान्छु भन्दै गत वैशाख १७ मा घरबाट निस्किएका थिए । गरुडामा रहेको लक्ष्मण कोल्ड स्टोरमा आफ्नो बाइक, मोबाइल, एटिएम लगायतका सामानहरु राखी साँझ करिब पा“च बजेदेखि सम्पर्र्किवहीन भएका थिए । उनी सम्पर्कबिहिन भएपश्चात उनका पिता जियालाल साहले त्यसको भोलिपल्ट प्रहरीलाई जानकारी गराएका थिए । लक्ष्मण कोल्ड स्टोरमा साहका सामानहरु फेला परेपछि साहका आफन्तहरुले कोल्ड स्टोरका संचालक रामकुमार चौधरीविरुद्ध अपहरण गरी हत्या गरेको आशंका गर्दै अपहरण तथा कर्तव्य ज्यान मुदा समेत दर्ता गराएका थिए ।
प्रहरीले चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो भने व्यापारीहरुले सत्यतथ्य सार्वजनिक गर्न आन्दोलनसमेत गरेका थिए ।
घटना रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्युरोबाट प्रहरी नायब उपरीक्षक तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले तीन दर्जनभन्दा बढीलाई बोलाएर सोधपुछ गरेको थियो भने प्रहरीको स्रोत साधनको ठूलो प्रयोग पनि भएको थियो । साहलाई खोज्न प्रहरीको अनुसन्धान टोली भारतीय प्रहरीको सहयोगमा भारतको हरिद्वार तथा मुम्बई सम्म पुगेको थियो ।मुम्बईमा साधुको भेषमा रहेको जानकारी पाउनासाथ मुम्बई पुगेको प्रहरीको टोलीले त्यहाँ साहलाई फेला पार्न नसकेपछि भैरहवाको सीमानजिक भारतमै लुकिछिपी साधुको भेषमा रहेको सूचना प्रहरीलाई प्राप्त भयो र उनी प्रहरीको फन्दामा परे । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले साहलाई साधुको भेषमा गत मंगलवारनै भारतबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिषक भुपेन्द्र खत्रीले बताए । बिहीवार बिहान नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहलाई साधुकै भेषमा सार्वजनिक गरेको छ । सञ्चारकर्मीसामु साहले आर्थिक कारोबार लथालिंग भएपछि तनाव खप्न नसकेर सम्पर्र्किवहीन भएको बताए । साह कटहरियामा तराई इन्टरप्राइजेज खोलेर आइएमइ र काठमाडौंमा बाजुरा इन्टरप्राइजेज संचालन गर्दै आएका व्यापारी हुन । पक्राउ परेका व्यापारी साह बिरुद्ध सार्वजनिक अभद्र ब्यबहार कसुरमा मुद्दा चलाईएको उपरिक्षक खत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles