६ सय पीडितहरुलाई अक्सफाम नेपालको सहयोग

गौर,५ साउन । रौतहटको सवै भन्दा धेरै बाढी र डुवानमा परेर क्षेतीभएकोे इशनाथ नगरपालिका १ बन्जाराहाटोलमा शनिवार राहात सामाग्री बितरण गरीएको छ ।
भारतिय बांधका कारण डुवानमा परेको बस्तिमा पलिो पटक यतिधेरै सामाग्रीहरु एक साथ बितरण भएको हो । यसअघि केही खाध्यानहरु नगरपालिकाले बितरण गरेको थियो ।
बन्जारहा टोलका ६ सय पिडितहरुलाइ अक्सफाम नेपालको सहयोगमा सामाग्री बितरण गरीएको हो । सो टोलमा सातसय डुवान पिडित परिवारलाइ राहात सामाग्री बितरण गर्ने योजना रहेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिएका छन ।
अक्सफाम नेपालले बिपत व्यवस्थापन , पुर्व तयारी र बिपतको बेला अपनाउनुपर्ने सावधानीको बिषय तथा राहत बितरण जस्ता काम गर्दै आएको छ ।
राहात सामाग्रीमा टावेल २ थान, नुहाउने कपडा धुने साबुन ८ थान, ब्रसपेष्ट ,स्यानेटरी प्याड २ प्याकेट, डोरी १० मिटर,हाइजेनिक किट व्याग १ थान, बाल्टीन २० लिटर लगाएतको १४ प्रकारका सामाग्रीहरु बितरण गरीएको छ
इशनाथ नपाका मेयर सन्तोष मेहताले खाध्यान्नहरु नगरपालिकाले बितरण गरेपनि अन्य आवश्यक घरायसी सामाग्रीहरु डुवानमा परेकोहुदा समस्यामा रहेका पिडितहरुलाइ यस्ता सामाग्रीले स्थानियको दैनिकीमा सहज बनाउने बताए । इसनाथ नपामा दुइ हजार भन्दा बढी घरमा क्षेती छ । १२ सय करीव घर पुर्णरुपमा क्षेती भएको नगरपालिकाले जनाएको छ । अधिकाश कच्चिघरहरु भत्किएका छन । घरका समानहरु बाढीले बगाएको छ । बस्तिका अधिकाश भु भाग अझै डुवानमा छन । सो टोलमा बाढीमा परेर एक जानको ज्यान भएको थियो भने आधा दर्जन घाइते भएका थिए ।
यता त्रिवि शिक्षण अस्पतालका प्रा. डाक्टर गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जा“च गर्न रौतहटको ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन ।
डा केसीले शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन ।
स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ । पानी पूरै प्रदूषित छ । स्थानियवासीमा झाडापखालाको लक्षण देखा पर्न थालेको छ । ,बाढीबाट प्रभावित बस्तीमा झाडा पखलासंगै भाइरल ज्वरो लगायतका रोग देखापरेको उनले बताए ।
बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन ।
अकस्मात बन्जरहा आइपुगेका डा केसीको स्वास्थ्य शिविरमा स्थानीयको बाक्लो उपस्थिति छ । बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यबाट आफू रौतहट आएको डा केसीले बताउनु भयो ।
उनले शुक्रबार मात्र १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन । पिउने पानी निकै दूषित रहेकाले स्थानीयहरुलाई स्वच्छ पानीको व्यवस्था गर्न सरकारसंग माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles