रौतहटमा १६ को मृत्यु,२ बेपत्ता

गौर,५ साउन । रौतहटमा डुबानमा परी मृत्यु हुनेमा बालबालिकाको संख्या अधिक छ । जिल्ला प्रहरी कार्यालयले आ—आफना बालबालिकाको निगरानी राख्न अभिभावक बर्गमा अनुरोध गरेको छ ।
बाढी तथा डुबानको सतह घट्दै जाँदा खोल्सा खोल्सी एवं खाडलमा जमेको पानीमा पौडीखेल्न वा नुहाउन जानेक्रममा बालबालिकाको मृत्यु हुने गरेको छ । शनिबार जिल्लाको देवाही गोनाही नगरपालिकामा बाख्रा चराउन गएका दुई बालिकाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ५ का रामनरेश साहकी अन्दाजी १० वर्षिय छोरी पिंकीकुमारी र रामानन्द साहकी अन्दाजी ८ वर्षिय छोरी निरुताकुमारी रहेको नगरपालिकाका उपमेयर परिनिया“देवीले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (प्रनाउ) नविन कार्कीकाअनुसार जिल्लामा ती दुई बालिकासहित १६ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जना बालबालिका रहेका छन् । बेपत्ताको सूचिमा दुई जना रहेका मध्ये एक बालक बेपत्ता छन् ।
‘असार २७ र २८ गतेसम्मको बाढी तथा डुबानमा एक जना बालबालिका पनि बेपत्ता तथा मृत्यु नभएकोमा पानीको सतह घट्दै गएपछि पौडी खेल्ने, घरबाट बाहिर खेल्न जाने, सडक छेउमा जमेको पानीमा नुहाने जस्ता क्रियाकलापले बालबालिकाको मृत्यु संख्या बढेको हो ।’ प्रनाउ काकीले भन्नु भयो ।
जिल्ला प्रहरी कार्यालयले शनिबार एक सूचना प्रकाशित गरी स(साना बालबालिकालाई अभिभावकको निगरानी बिना घर बाहिर निस्कन, पौडी खेल्न वा कुनै कामले बाहिर नपाठाउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles