चन्द्रपुर,६ साउन । मालपोत कार्यालय चन्द्रपुरले आइतवार बाट भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) प्रणाली द्धारा पुर्जा बितरण शरु गरेको छ । आईतबार एक कार्यक्रमका बिच भुमी व्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दवाडीले उद्घाटन गरेका हुन । भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) कार्यान्वयनमा ल्याएको छ ।
इन्टरनेट र इन्ट्रानेट मार्फत सेवाग्राहीलाई अनलाइन रुपमा सेवा प्रदान गरिने हुँदा मालपोत कार्यालयहरुमा हाल यो प्रणाली अनलाइन सेवाले समेत परिचित भएको छ । नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना (ICT Development Project) अन्तर्गत एशियाली विकास बैक (ADB) को अनुदान सहयोगमा Web-Based Application विकास गरी मालपोत कार्यालयहरुमा सो प्रणाली लागू भएको छ ।
आयोजनाको कार्य क्षेत्र भित्र परेका मालपोत कार्यालयहरुमा सफल परिक्षण भए पश्चात नेपाल सरकारको नियमित बजेट कार्यक्रमबाट अन्य कार्यालयहरुमा अनलाइन सेवा शुरु गरिदै र आइतबारबाट चन्द्रपुरमा पनि सुरु गरिएको हो।
मालपोत कार्यालय चन्द्रपुरमा अवदेखी अनलाइन सिस्टम बाट कार्य सम्पादन हुने र सेवाग्रहीलाइ सहज हुने महानिर्देशक दवाडीले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरका मेयर रामचन्द्र चौधरीले मालपोत कार्यालय लाइ जमिनको व्यवस्था गर्ने तथा कर्मचारीहरु पनि व्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताए ।
चन्द्रपुर ६ की दिलमाया लामा र तुलसा कोइराला लाइ पुर्जा हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरीएको थियो ।