चन्द्रपुर,६ साउन । रौतहटमा पछिल्लो समय सरकारी नम्वरका सवारी साधनको चरम
दुरुपयोग हुदै आएको छ । चन्द्रपुरमा अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका जनप्रतिनिधीहरु तथा कर्मचारीबाटै सरकारी गाडी चरम दुरुपयोग हुने गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा कार्यरत एक जना कर्मचारीले नगरपालिकाले दिएको मोटरसाईकलको दुरुपयोग गरेको स्थानियले गुनासो गरेको छ ।
नगरपालिकाको सुचना तथा प्रविधि शाखाका अधिकृत राजेस सागरले नगरपालिकाले उपलव्ध गराएको सेतो प्लेट ना.१.ब ३६३९ नम्बरको मोटरसाईकल दुरुपयोग गरेका हुन ।
अधिकृत सागर नगरपालिकाको काम मा भन्दा आफ्नो निजी काममा बढी सो मोटरसाइकल प्रयोग गर्ने गरेका छन ।उनी रौतहट जिल्लाको गढिमाई नगरपालिका २ समनपुर स्थित ग्यालेक्सि पब्लिक स्कुलका शिक्षक पनि हुन् । चन्द्रपुर बाट उनी सोही सरकारी मोटरासइकल लिएर समनपुर पढाउन जाने गरेका छन ।
नगरपालिकाको बिभिन्न सम्बन्धित सेवालाइ प्रभावकारी बनाउन कर्मचारी लाइ दिएको सवारी साधन व्यक्तिगत काममा प्रयोग हुदा समेत चन्द्रपुर नपाले ध्यान नदिएको गुनासो छ ।बिदाको दिन तथा व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्न नहुने नियम छ । यता चन्द्रपुर नपा १ लाइ उपलव्ध गराएको सरकारी नम्वरको मोटरसाइकल हराएको छ । वडा अध्यक्ष बिरु रखालले चढ्दै आएको मोटरसाइकल हराएको हो ।
यसरी सरकारी सवारी साधनको चन्द्रपुरमा व्यापक दुरुपयोग हुदै आएको छ ।
सुचना अधिकृत रजकले सरकारी मोटरसाइकल दुरुपयोग नगरेको दावी गरेका छन ।
चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले सरकारी जीपलाइ निजी नम्वर राखेर प्रयोग गर्दै आएकोमा पनि जनस्तर बाट आलोजना हुदै आएको छ ।
२०७६ साल साउन ६ गतेको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।