गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजनामा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर आज जिल्लाको गढीमाई नपा ३ लक्ष्मीपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले जनाएको छ । शिबिरमा सो क्षेत्रका बाढीपीडितको स्वास्थ्य परिक्षण गनिुका साथै निशुल्क औषधी समेत बितरण गरिएको रौतहट नेविसंघका नेता सुमन गौतमले जनाकारी दिए ।
काठमाण्डौबाट नेविसंघका नेता दिपक भट्टराईको नेतृत्वमा निशुल्क स्वास्थ्य शिविरका लागी दर्जनबढी नेता डाक्टर र औषधी सहित रौतहट आएका हुन् ।
टोलीमा नेविसंघका पुर्व महामन्त्रीद्धय मनोजमणी आचार्य र प्रतिमा गौतम,उज्वल घिमिरे,भोला नेपाल,कल्पना खड्का,पवन नेपाली,अर्चना रेग्मी,लोकेन्द्र भण्डारी,किशोर गुरुङ,अर्जुन पौडेल,सर्मिला पौडेल,भुवन भट्ट लगायतका नेताहरु रहेका छन् ।
निशुल्क स्वास्थ्य शिबिरमा टिचिङ अस्पताल महाराजगंजका डा.प्रज्वल घिमिरे,डा.सागर पन्त,डा.सागर अधिकारी,डा.मिलन खनाल,डा.नारायण कंडेल र डा.युवराज श्रेष्ठले बाढीपीडितहरुको स्वास्थ्यजा“च गरेका छन् ।