३ सय परिवारलाई नेविसंघको राहत

गौर,७ साउन । साता अघि परेको अविरल वर्षापछि आएको वाढी तथा डुवानबाट प्रभावित भएकालाई नेपाल विद्यार्थी संघले सोमबार राहत वितरण गरेको छ । बीपी स्मृति दिवसको अवसरमा निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघले रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का ३०० प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।
प्रभावित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामान वितरण गरिएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । राहत वितरण कार्यक्रममा रौतहट कांग्रेस सभापति कृष्ण यादव, सांसद देव प्रसाद तिमल्सिना, धनलाल ढोकर, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles