गौर,७ साउन । खाल्डोमा परेर ज्यान जान थालेपछि रौतहट जिल्ला प्रहरीले एफएम रेडियो,पत्रपत्रिकाहरू मार्फत सजग रहन सूचना जारी गर्दै बालबालिकालाई जथाभावी खाडल र पानी जमेको स्थानमा जान नदिन अनुरोध गरेको छ । अभिभावकले आफ्ना छोराछोरी कहा“ जान्छन र के गर्दैछन भनेर हेक्का राख्नुपर्छ,जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले भने । सामान्य पानी सम्झेर बालबालिका पौडी खेल्न जा“दा डुब्ने गरेको उनले बताए ।
जिल्ला प्रहरीका अनुसार २०७४ सालमा खाडलमा परेर ५ बालबालिकाको मृत्यु भयो । २०७५ मा दुईको ज्यान गयो ।
यसपालि भने बाढी र डुबान कम भएपछि बालबालिकाको डुबेर ज्यान गएको छ । यो वर्ष ८ बालबालिकाको डुबेर र बगेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीन कार्र्कीले बताए । बालबालिका घरबाट बाहिर खेल्न निस्कन थालेपछि डुबेका खबर आइरहेका छन, उनले भने, ‘यो अभिभावकको निगरानीको कमजोरी हो ।’ सडक बनाउने क्रममा पछिल्लो समय स्थानीय तहले जथाभावी खेत कटान गरी ठूलाठूला खाडल बनाएर माटो निकालेका थिए । त्यही खाडलमा जमेको पानीको गहिराइ अनुमान गर्न नसक्दा बालबालिका डुब्ने गरेका छन । दुई वर्षअघि गरुडा नगरपालिकामा खाडलमा जमेको पानीमा डुबेर चार बालबालिकाको ज्यान गएपछि स्थानीय प्रशासनले ठेकेदारलाई सडक निर्माणका नाममा खाडल नबनाउन भनेको थियो ।