चन्द्रपुर,७ साउन । गिटी, बालुवा, ढुगा लगाएत नदिजन्य सामाग्री अवैधरुपमा ढुवानी गरेमा चन्द्रपुर नगरपालिकाले जरीवाना लिने भएको छ । नदी तथा खोला मा प्रवेश निशेष गरीएको समयमा टेक्टर बरामद भए प्रतेक टेक्टरलाइ ३० हजार जरीवाना तिराउने चन्द्रपुर नपाको निर्णय रहेको छ । जरिवानाको ३० हजार मध्येबाट टेक्टर बरामद गर्ने सुरक्षानिकाय लाइ २५ प्रतिशत प्रोत्साहन रकम दिने समेत निर्णय भएको छ । असार देखी भदौ अन्तिम सम्म नदीबाट सामाग्री निकाल्न रोक लगाउने नियम छ । रौतहटको बागमती, चादी , लालबकैया, पौराइ, लगाएतका नदीहरु बाट बालुवा , गिटी, ढुंगा निकाल्ने गरीन्छ ।