करोडौंको शौचालय बाढीले बगायो

गरुडा,९ साउन । बाढी तथा डुवानका कारण रौतहटको हजारौ शौचालयहरु भत्किएका छन । गरीव तथा दलित परिवारको बसोवास रहदै आएको रौतहटका बस्तिहरुमा खानेपानी र शौचालयको अभाव देखिएको छ ।
शौचालय भत्किदा स्थानियले खेत तथा बाटो किनारमा शौच गर्न बाध्य छन । कतिपय स्थानियतहमा हचुवाको भरमा खुलादिशामुक्त धोषणा गरीएका थिए भने घोषणा गराउनका लागी अस्थायीरुपमा शौचालयहरु बनाइएको थियो ।


अस्थायीरुपमा बनाइएका हजारौ शौचालयहरु बाढी तथा डुवानका कारण भत्किएका छन ।
गरीव तथा दलित बस्तिहरुमा शौचालय नहुदा बस्ति वरपर नै दुर्गन्धित बन्दै गएको छ । बाढीको समयमा फोहर र दुर्गन्धका कारण बिभिन्न किसीमका रोगहरु लाग्न सक्ने बताउ“दै आएका छन । गएको पुस १४ रौतहट जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरीएको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गौरमा आयोजित कार्यक्रममा जिल्लालाइ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नुभएको थियो ।

रौतहट जिल्लाको एक लाख चार हजार ७६ घर धुरी मध्ये १८ हजार ७ सय ३३ घरधुरीमा यो अभियान शुरु हुनु भन्दा पहिले नै शौचालय निर्माण भएको र अभियान संचालन भएपछि ८२ हजार ७ सय ६७ घरधुरीमा तीन बर्ष भित्रमा शौचालय निमार्ण भएको थियो ।
जिल्लामा २ हजार ५ सय ७६ घर परीवारको आफनो जग्गा नहु“दा शौचालय बनाउन नसकेको र अर्काको शौचालय प्रयोग गरिरहेका थिए । खुल्ला दिसा मुक्त क्षेत्र बनाउन बिभिन्न आईएनजिओको चार करोड ४७ लाख र नेपाल सरकारको एक करोड ४७ लाख गरी ५ करोड ७४ लाख रकम सहजिकरणमा खर्च भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles