पुनःपानी पर्न थालेपछि त्रासमा रौहतटबासी

गौर,९ साउन । केही दिन रोकिएको अबिरल बर्षा मंगलबार रातीबाट फेरी सुरु भएपछि रौतहटबासी चिन्तित बनेका छन् । असार अन्तिम साता बागमती र लालबकैया नदीमा आएको बाढीले पु¥याएको क्षती बिर्सन नपाउ“दै पुनःबर्षा हुन थालेपछि जिल्लाबासी चिन्तित बनेका हुन । बाढीका कारण हजारौं घरमा क्षती पुगेको थियो भने १६ जनाको ज्यान समेत गएको थियो । हजारौं घरबार बिहिन बन्न पुगेको पींडामा मलम लगाउन नपाउदै मंगलबारबाट पुनःअबिरल बर्षा भएपछि जनजीवन त्रसित बन्न पुगेको छ । बाढीका कारण ध्वस्त भएका सडक सञ्जाल पुनःबाढीको चपेटामा परेको छ भने बाढीपीडितहरुको बिजोग भएको छ । बाढीले कतिपय स्थानमा गरिएको तटबन्ध मर्मत गर्न नपाउदै जिल्लाका दर्जनौं बस्तीका लाखौं नागरिक त्रासमा बाच्न बाध्य छन् । जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहु“दा सदरमुकाम गौरसहित करिब आधा दर्जन स्थानीय तहका दर्जनौं गाउ“ बाढीको जोखिममा परेका छन् । बाढीका कारण जिल्लाका विभिन्न ११ स्थानका तटबन्ध भत्किएको कारणले करिब ७० हजार घर प्रभावित भएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाको कार्यालयले जनाएको छ ।


पछिल्लोपटक जिल्लाका विभिन्न स्थानीय तहले नदीबाट बालुवा, गिटी झिक्न ठेक्का लगाएका थिए । स्थानीय तहबाट ठेक्का पाएका कम्पनीले नदीमा जथाभावी मेसिन प्रयोग गरेर उत्खनन गरेका कारण बाढीले तटबन्धमा क्षति पु¥याएको हो । वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार हुन नसक्दा बाढी बस्तीमा पसेको गौरका स्थानीय राजनीतिकर्मी रेवन्त झाले बताए । वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहु“दा र वातावरणीय मुल्यांकनको हेक्कै नराखी जथाभावी नदी दोहन हुदा बाढी बस्तीमा पसेको स्थानीय झाले बताए । जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा एक सय मिटर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीनजिक करिब ६० मिटर तटबन्ध भत्काएपछि जोखिम निकै बढेको छ ।
गढीमाई, माधवनारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउ“पालिकाका हजारौं नागरिक तटबन्ध मर्मत नहुदा बाढीको जोखिममा रहेको दुर्गा भगवती गाउ“पालिकाका प्रमुख अरुणकुमार साहले बताए । अझै दुई महिना बाढीको खतरा रहेकाले असार अन्तिममै ठूलो बाढी आएर तटबन्ध भत्काएपछि हजारौं मानिस त्रासमा जीवन यापन गर्न बाध्य रहेका साहले बताए । बाढीले लालबकैया नदीको कटहरियामा २ सय ५५ मिटर, देवाहीमा एक सय ३५ मिटर, बुनियादमा ३३ मिटर, लक्ष्मीनियामा ४० मिटर, करुनियामा ४५ मिटर, राजपुरमा ५५ मिटर र लग्मिपुरमा ४५ मिटर बाध भत्काएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवले बताए ।


बाढीले भत्काएको र नदीले कटान गरेको ठाउ“मा मर्मत सम्भारको काम भइरहेको उनले जानकारी दिए । बाढीले बगाएको बाध मर्मत गर्न सरकार र भारतीय पक्षसंग कुरा गरिरहेको उनले बताए । ती नदीमा भारतीय सहयोगमै तटबन्ध निर्माण गरिएको हो । आयोजना प्रमुख श्रीवास्तवले भारतीय पक्षले केही स्थानमा मर्मतका लागि सहमति जनाएको तर अन्य स्थानका जनतालाई पनि जोखिमपूर्ण अवस्थाबाट बचाउन केन्द्र सरकारले भारत सरकारसंग अविलम्ब कुरा गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढीबाट लालबकैया र बाग्मती नदीमा भत्किएका संरचना निर्माण गर्न नदी नियन्त्रण आयोजनाका कार्यालय प्रमुखलाई निर्देशन दिईसकेको बताए । बाग्मती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरीलगायतका स्थानमा कटान गरिरहेको छ ।
नदीले खेतीयोग्य जमिन कटान गरेको सम्बन्धित स्थानीय तहका प्रमुखले बताएका छन् । ब्रह्मपुरीका समाजसेवी नविन सिंहले बाग्मती नदीमा पानीको सतह घटेपछि खेतीयोग्य जमिन कटान गरेर करिब सय मिटर तटबन्ध नै कटान गरेको बताए । राजदेवी नगरपालिकाको सहयोगमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा कटान नियन्त्रणको काम भइरहेको उनले जानकारी दिए ।
लालबकैयाको कटानले देवाही, करुनिया, जिगडवा बेलबिछवा, बैरिया बलुवा र बन्जरहा बस्ती जोखिममा छन् । नदीले तटबन्ध कटान गरी बस्तीमा बाढी पसेर बगाउन थालेपछि नेपाल सरकारले उक्त वडाहरुलाई सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण त्रासमा बाध्य भएको देवाहीका विनोद पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles