कटहरिया,१० साउन । रौतहटको एक पालिकामा निर्मित ३० लाख बराबरको कजवे(पुल) २ महिनामै भत्किएको छ । ३० लाख खर्च गरेर बनाईएको माधवनारायण नगरपालिकाको कजवे भत्किएर कामै नलाग्ने भएको भएपनि रकम भने नगरपालिकाले निकाशा गरेको छ ।
पुुल भत्केपछी गुुणस्तर जा“च गराउनुुको साटो मेयरले पुुलको रकम निकासा गरेपछी स्थानियहरुले मेयरको मिलोमतो रहेको दावी गरेका छन ।
जिल्लाको पुुर्वीभेग माधवनारायण नगरपालिका वडा नं ६ माधोपुर स्थित उपभोक्ता द्धारा निर्माण भएको दुुईवटा कजवे पुल मध्ये एउटा कजवे पुर्णरुपमा क्षतीग्रस्त भएको छ भने अर्को कजवे पनी काम नलाग्ने भएको छ ।
आर्थिक बर्ष २०७५÷०७६मा माधवनारायण नगरपालिकाको कुल ३० लाखको लागतमा दुई महिना अघि माधोपुर मानपुर सडकखण्डमा दुईवटा कजवेपुल निर्माण भएको थियो । कजवे निर्माण भएको दुुईमहिना न बित्दै एकसाता अघि एउटा पुल भत्किएको र अर्को कजवे कामै नलाग्ने भएको माधवनारायण ६ माधोपुरका स्थानिय समाजशेवी महिन्दर यादवले बताएका छन ।
पुुल भत्किए पछी मात्र दुुईमहिना अघि निर्मित दुुबै कजवेको गुणस्तर जा“च गराउनुुको सटा नगरप्रमुख बिरेन्द्र यादवले उपभोक्ता संग मिलोमतो गरी चारदिन अघि भुुक्तानी दिएको समाजशेवी यादवले दावी गरेका छन । उपभोक्ता समितिका किशोरी महतो ,उपेन्द्र साह लगायतका लाई आर्थिक प्रलोभनमा परेर मेयर यादवले पुुल निर्माण बापतको भुक्तानी दिएकाले भत्किएको पुलको गुणस्तर जाँच गराउन समाजशेवी महिन्दर यादवले संबन्धित निकाय संग माग गरेका छन । अविरल वर्षासंगै गएको असाढ २७,२८ गते आएको बाढीले दुईवटै पुल भत्केर सडक अवरुद्ध भएपछि सर्वसाधारणलाई ति बाटो भएर आवतजावत गर्न कठिनाई भएको छ ।
पुल भत्कि“दा माधोपुर, मानपुर, जयनगर लगाएतका गाउँका बासिन्दालाई आउन जान समस्या भएको स्थानिय समाजसेवी रामप्रवेश यादवले बताएका छन ।
त्यतीमात्र नभई माधव नारायण नगरपालिकाका मेयर बिरेन्द्र यादवले भत्किएको पुलको गुुणस्तर जाँच नगराई भुक्तानी दिए पछी स्थानियहरु यादव प्रती आक्रोसीत भएका छन । माधवनारायण नगरपालिकाका प्रमख बिरेन्द्र यादवले पुल भत्किदा मर्मत सम्भार नगराई पहिला रकम नै निकासा गरेका हुन ।
पुल भत्केर बाटो अवरुद्ध भएपनि मेयर यादवले रकम निकासा गरेकोमा स्थानियहरु मेयर प्रति आक्रोस ब्यक्त गरेका छन ।
मेयर बिरेन्द्र यादवले कजवे पहिले निर्माण भएपनी बिल ढिलोगरी बनेकाले भुक्तानी हालै दिएको स्विकार्दै काम स्तरिय भएकाले बाढीको ठुुलो भेलले ढलान बाटो बढी बिगारे पनी कजवेमा सामान्य क्षती भएको दावी गरे ।