सागर हुमागांइ
चंद्रपुर,१० साउन। सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्ने गर्नु भएको छ भने रौतहटको एक गाउमा तपाइलाइ गा“सबास पाउन मुस्किल पर्ने छ ।
चन्द्रपुर नपा ९ स्थित नजरपुर गा“उमा बर्षौ देखि गा“उलेहरुले मदिरा तथा सुर्ती जन्य पदार्थ निषेध गर्दै आएका छन ।
२०२० सालमा स्थापन पाएको नजरपुर गाउमा एकसय ५० घर रहेको छ । गाउमा ६ वटा किराना पसलहरु छन सवै पसलहरुमा सुर्ती जन्य तथा मदिरा जन्य पदार्थ बिक्री वितरण गर्न नपाइने र सबै जना एउटै धर्म र सुत्रमा सदभाव कायम गरेर बस्ने गरेको स्थानिय खड्क बजगाईले बताउनु भयो । पा“च बर्ष अघि देखि किराना पसलहरुमा ‘खैनी , पराग , चुरोट , मदिरा केहि पनि पाइदैन , गाउमा खान समेत पाइदैन ।
गाउको चारै तिर ’सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्न , जुवा तास नखेल्न,चरा नमार्न अनुरोद्य बोर्ड राखिएका छन । सो गाउका सवैले श्री कृष्ण प्रणामी धर्म मान्दै आएका छन । स्थानियकै सकृयतामा गाउ लाइ १५ बर्ष अघि नै पुर्ण साक्षरता बनाइएको श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धामका संचालक समितिका अध्यक्षको भनाइ रहेका छ ।
कसैको द्यरमा मासू जन्य प्रयोगको लागी बाख्रा,कुखुरा र हास नपाल्ने गरेको श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धामका प्रमुख सन्त श्री सुरेन्द्र शास्त्री बताउनु हुन्छ ।
नजरपुर गाउका अधिकाश मानिसको पेशा कृषि रहेको छ सो गाउ सवैले गाइभैसीको दुध बेचेर आम्दानी लिने गरेका छन ।
करिव तीन हजार जनसख्या रहेको सो गाउ दुव्यर्शन र धुमपान निषेध, लागु पदार्थ मुक्त,पुर्ण शाकाहारी , वली निषेद जस्ता बिषयले परिचित बन्दै गएको छ ।
लागु पदार्थ निषेध तथा पुर्ण शाकाहारी , सवै घरमा शौचालय , सवै साक्षर भएकाले नमुना गाउको रुपमा बिकाश हुदै गएको स्थानियबासीहरुको भनाइ रहेको छ ।
सो गाउ“ बाट ५० बर्ष भित्रमा अदालतमा मुद्धा नपरेको,गाउमा झै भगडा तथा अपराधका घटना नहुने भएकाले अड्डा अदालत जानु नपरेको श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धामका संचालक समितिका अध्यक्षको भनाइ रहेका छ ।
ससाना बालबालिकाहरुका लागी सकारात्मक सोच राखुन भनि प्रतेक दिन बेलुका एक घन्टा कार्यत्रम मन्दिरमा हुने गरेको छ । देशकै नमुना गाउको रुपमा बिकाश हुदै गएको नजरपुर गाउ लाइ अझै सुन्दर बनाउन सडक, ढल तथा आधुनीक कृषि प्रणाली आवश्यक रहेको छ ।