नियन्त्रण बाहिर घरेलु मदिराको उत्पादन र बिक्रि बितरण

चन्द्रपुर,२२ साउन ।
रौतहटमा अबैध घरेलु मदिराको उत्पादन र बिक्रिबितरण नियन्त्रण भन्दा बाहिर गएको छ । प्रहरीले डेढ दशकदेखि जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन गर्ने स्थानमा छापा मार्दै नष्ट गर्दै आएको भएपनि उत्पादन र बिक्रीमा हालसम्म कमी आउन सकेको छैन । प्रहरीले उत्पादन गर्ने स्थान र समान बरामद गरी नष्ट गरे पनि पछि त्यही स्थानमा अवैध मदिरा उत्पादन हुने गरेका छन् । सस्तो, चाडै बिक्री हुने र बिपन्न वर्गका मानिसले रूचाउने घरेलु मदिराको जिल्लामा बिगबिगी बढेपछि प्रहरीले नष्टको अभियान चलाउ“दै आएको छ । डेढ दशकदेखि अवैध मदिरा उत्पादन गर्ने स्थान भत्काउने, सामान बरामद गर्ने र कच्चा पदार्थ नष्ट गर्ने काममा प्रहरी लागेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । उनका अनुसार जनचेतना कमीले मानिसहरू घरीघरी यस्तो काममा लागेका हुन । आर्थिक हैसियतका साथै घरेलु मदिराबाट हुने हानिनोक्सानी बारे उत्पादन गर्ने मानिसलाई थाहा नभएका कारण पनि यसको उत्पादन बढेको देखिन्छ तर, पछिल्लो समय यसमा कडाइ गरेपछि भने केही कमी आएको एसपी खत्री बताउ“छन् ।
ग्रामीण भेकका बस्तीहरूमा अबैध मदिरा उत्पादन गर्ने साना उद्योग सञ्चालनमा छन । आर्थिक अवस्था कमजोर भएकाहरूले जीविकोपार्जनका लागि घरमै मदिरा उत्पादन गर्ने गर्छन र लुकाएर बजारमा बिक्री गर्न लैजान्छन । यो गैरकानुनी काम रोक्न स्थानीय प्रशासनलाई हम्मे हम्मे परेको छ । पछिल्लो समय भारतीय सीमा बजारहरूमा यसको माग बढी भएका कारण समेत यसको उत्पादन र बिक्रिबितरण बढरुरहेको छ । सस्तो भएकैले पनि भारतीयहरू सिमाक्षेत्रमा आएर घरेलु मदिरा पिउने गर्छन ।
जिल्ला प्रहरीका अनुसार एक महिनामा विभिन्न स्थानबाट झन्डै ७ हजार लिटर कच्चा पदार्थ,८ हजार लिटर तयारी मदिरा बरामद गरी नष्ट गरिएको छ । उक्त स्थानबाट मदिरा बनाउन प्रयोग गरिने ड्राम र बिभिन्न खाले उपकरण बरामद गरी नष्ट गरिएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले घरेलु मदिरा उत्पादनमा रोक लगाउ“दै आएको छ ।
तराई मधेस लगायतका देशभरी यस्को उत्पादन र बिक्रीमा कमी आएको छैन । मदिरा सेवनबाट घर परिवार ,समाजमा झगडा कलह हुनुका साथै अशान्ति फैलिएको देखिएकाले यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने काम भइरहेको एसपी खत्रीले जनाए । आर्थिक बिपन्नता र चेतनाको कमिले यस्तो काममा लाग्ने गरेको पाइएको छ । प्रहरीले पटक पटक मदिरा बरामद गर्ने र मानिस पक्राउ गरी जरिवाना तिराई छाड्ने गरेको छ । तर यस्तो कार्यमा कमी आउन सकेको छैन । केही दिनअघि इलाका प्रहरी चन्द्रनिगाहपुरले ईरिक्सा,बस तथा अन्य सबारीमा बोरा भित्र लुकाएर लैजान लागेको करिब ४ हजार ५ सय लिटर घरेलु रक्सी बरामद गरेको थियो । यस्ता मदिरा जिल्लाभरीका हाटबजारमा खुलेआम बिक्री गरिन्छन । बिशेषगरी जिल्लाको उत्तरी भेगमा यसको उत्पादन धेरै हुने गरेको छ । १ बोतलको ४० देखि ६० रुपैयासम्ममा बिक्री हुने घरेलु मदिराको कारोबारमा महिला बढी सक्रिय रहेका छन् । चुरे फेदीका गा“उमा उत्पादित घरेलु मदिरा दैनिक जसो राजमार्ग हुदै गौर पुग्ने गरेको भएपनि राजमार्ग छेउमा रहेका केही प्रहरी चौकीको आ“खा त्यसतर्फ नजादा यो नियन्त्रणमा आउन नसकेको स्थानीयको आरोप छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg