गौर,२१ साउन ।
रौतहटका वागमती, झाझ र डोरी खोलाबाट घेरिएर टापु जस्तो स्थानको रुपमा रहेका दुर्गा भगवती गाउ“पालिकाको जनतालाई बाढीबाट सुरक्षित बनाउन गाउपालिका अध्यक्ष अरुणकुमार साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।
हुलाकी राजमार्गको विभिन्न स्थानमा बाटो क्षतिग्रस्त भई ठूलो खाडल बनाएपछि मन्त्रालय स्तरिय टोलीका साथ रौतहट आईपुगेका मन्त्री महासेठलाई दुर्गा भगवती गाउ“पालिकालाई डुवान र कटानको समस्याबाट मुक्ति दिलाउनका लागि संघिय सरकारद्धारा दिर्घकालिन योजनाहरु संचालन गर्नका निमित्त अध्यक्ष साहले ज्ञापन पत्र बुझाएका हुन् ।
यस्तै परोहा नगरपालिकाको मेयर शेख वकिलले पनि कार्यपालिकाको कार्यालय लौकाहामा मन्त्री महासेठलाई ज्ञापन पत्र बुझाए । परोहा नगरपालिकाको पोखरिया दमार लगायत वमनहरको बाटो बाढीबाट क्षतिग्रस्त हुँदा हजारौं जनताहरु वैकल्पीक बाटो भएर सदरमुकाम जाँदा निकै अप्ठ्यारा भईरहदा उक्त बाटो यथाशिघ्र मर्मत गर्नका लागि ज्ञापन पत्र बुझाएको इन्जिनियर दिपेन्द्र यादवले जानकारी दिए ।