बल्दैनन् चन्द्रपुरका सोलार बत्ती

चन्द्रपुर,२१ साउन ।
रौतहटको चन्द्रपुर नगरपालिकाले नगरका बिभिन्न स्थान र मुख्य बाटोमा जडान गरेको सोलार बत्ती बेकामे बन्न पुगेका छन् ।
जडान गरिएका अधिकांश सोलार बत्तीहरू नबल्दा राती हि“डने बटुवाहरू समस्यामा पर्ने गरेका छन् । सोलार जडान गर्ने अनि मर्मत तर्फ ध्यान नदिने नगरपालिकाको परपाटिका कारण लाखौं रकम खेर गएको स्थानीयबासीन्दाले बताएका छन् ।
चन्द्रपुर नगर क्षेत्रभित्र कति सोलार बत्ती जडान गरिएको छ ? आजभोलि किन सोलार बत्ती बल्दैनन् ? सोलार बत्ती कहिलेसम्म मर्मत भई बल्ने हो भन्दै चन्द्रपुर ४ का स्थानीयबासिन्दा ओम कार्कीले प्रश्न गरेका छन् । वातावरणीय प्रदूषणले प्यानलमा खराबी ल्याउने र नियमित मर्मत सम्भार नहु“दा सोलार बत्ती अभियान असफल हुदै गएको स्थानीय दिवाकर सापकोटाको भनाई छ । नियमित मर्मत गर्ने हो भने सोलार बत्ती बर्षौ सम्म टिक्ने गर्छ,तर यहा त नगरपालिकालाई यसतर्फ ध्यान दिने फुर्सद समेत नरहेकाले यस्तो अवस्था आएको आरोप स्थानीयले लगाएका छन् । उनिहरुले चाडो भन्दा चा“डो सोलार बत्ती मर्मत भएर नियमित बल्नुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles