सरकारले १ किलो चिउरा पनि दिएन–सांसद तिमिलसिना

काठमाण्डौ,२१ साउन ।
रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका हुन । उनले सरकारले विपतमा परेका जनतालाई भोकभोकै मार्ने काम गरेको बताए । बाढी र कटानवाट सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको भएपनि सरकारले स्थायी समाधान खोज्न नसकेकोमा दुख व्यक्त गर्दै जनताका लागी सोच्न सरकारसंग आग्रह गरे । बाढीपीडित बस्तीहरुमा विषालु सर्पको विगबिगी बढदै जादा बिरामीको संख्या समेत बढेकाले तत्कालै औषधिको व्यवस्था गरिदिन आग्रह समेत गरे ।
चादी, बकैया र बाग्मतीले हजारौं हेक्टर जमिनमा क्षति पु¥याएकाले दीर्घकालिन सोचअनुसार तटबन्ध गर्न जरुरी रहेको औंल्याउ“दै सांसद तिमलसिनाले हरेक बर्ष अस्थायी काममा करोडौं खर्चने परिपाटी को अन्त गर्दैै सरकारले स्थायी काममा ध्यान दिन जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles