बारा,२२ साउन ।
असार अन्तिम साता आएको भिषण बर्षा र बाढीपछी बारामा सर्पको बिगबिगी बढेको छ । त्यसयता जिल्ला अस्पताल कलैयामा शर्पदंशका बिरामी समेत बढेका छन् ।
बाढी र बर्षा रोकिएलगत्तै बढेको गर्मीका कारण सर्पको बिगबिगी बढेकाले अस्पतालमा सर्पले टोकेका बिरामीको संख्या समेत बढेको कलैया अस्पतालका डा. राहुल कर्णले जानकारी दिनुभयो । पछिल्लो समय दैनिक कम्तिमा आठ जना सर्पदंशका बिरामी उपाचारका लागी अस्पताल पुग्ने गरेको उहा“को भनाइ छ ।
दैनिक आउने आठ बिरामी मध्ये दुई बिशालु सर्पको टोकाईमा पर्ने गरेको पनि उहा“ले जानकारी दिनुभयो । उपचारका लागी पुगेका अधिकांस बिरामीलाई शौच गर्न जाँदा टोक्ने गरेको पाईएको छ ।
त्यसका अलावा खेतमा रोपाई गर्न जा“दा र केहीलाई घरभित्रै सुतिरहेको अवस्थामा समेत सर्पले टोकेको भेटीएको छ । अत्याधिक बर्षा हुदा र जमिनको तापक्रम बढ्दा जमिनमुनी लुकेर बसेका सर्पहरु बाहिर निस्कने भएकाले यस्तो समयमा सावधानी अपनाउन डा. कर्णले आग्रह गर्नुभयो । साथै घर वरपर सफा राख्न र घरका सर्प छिर्न सक्ने किसिमका प्वालहरु बन्द गर्न उहा“ले सुझाव दिनुभएको छ ।कलैया अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुदा सेवा प्रवाहमा भने समस्या हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।