मुम्बई–बलिउड अभिनेता ऋतिक रोशनले सुपर ३० फिल्मका लागि भोजपुरी भाषा बोले ।
फिल्मले बक्स अफिसमा राम्रो नतिजा हासिल गरेको छ । अब अभिनेत्री सन्नी लियोनीले पनि भोजपुरी भाषा बोल्ने भएकी छिन् ।
नया“ फिल्ममा उनले भोजपुरी मात्र बोल्नेछैनन्, उनी ठेट भोजपुरी पहिरनमा पनि देखिनेछिन् ।
प्रसाद टटिकेनीको निर्देशनमा बनिरहेको हरर कमेडी फिल्म कोकाकोलाको सुटिङ अहिले उत्तर प्रदेशमा भइरहेको छ । फिल्मका लागि भनेर सन्नीले पश्चिमी लुक्ससमेत त्यागेकी छिन् । यस किसिमको लुक्सलाई लिएर सन्नी आफै पनि उत्साहित रहेको भारतीय मिडियाले जनाएका छन् ।
फिल्ममा सन्नीको साथमा मन्दना करिमी पनि रहेका छन् । फिल्मका लागि भनेर सन्नीले भोपजुरी भाषाको ट्रेनिङ पनि लिएकी छिन् । यसबारे सन्नीले भनिन्,दर्शकले मलाई चाडै नै फिल्म कोकाकोलामा नया“ अवतारमा देख्नेछन् । यसका लागि मैले सम्पूर्ण तयारी गरिसकेकी छु ।


