नियमित पानी पिउन पाउदैनन् गैंडाटारवासी

गैंडाटार,२४ साउन । गाउमा दुई लाख २५ हजार लिटर भण्डारण क्षमता भएको पानीको ओभर हेड ट्याङ्की छ, तर पनि नियमित पानी पिउन पाउदैनन् चन्द्रपुर नगरपालिका–३ का गैडाटारवासी ।
विद्युत आपूर्ति बन्द भयो की पानीको आपूर्ति बन्द हुने कारणले गैंडाटारवासीले नियमित पानी पिउन नपाएका हुन् ।
विद्युतको सहायताबाट भूमिगत पानी पम्पको माध्यमबाट ट्याङ्कीमा जम्मा हुन्छ । अनिमात्र गाउ“का धाराबाट पानी आउ“छ । यसबाट गाउ“का पा“च सय ७० घरधुरी लाभान्वित त छन् तर कुनै दिन विद्युत आपूर्ति बन्द भयो कि गाउ“का मानिस खोला धाउनु पर्ने स्थिति पनि छ । भन्नुहुन्छ स्थानीय उपभोक्ता संतोष चौहान ।
विद्युतको वैकल्पिक व्यवस्था नहुन्जेल नियमितरुपमा ट्याङ्कीको पानी पिउन नपाउने स्थानीयको गुनासो छ । यसको लागि नगरपालिकाले सोलार वा इन्धनबाट चल्ने यन्त्र उपलब्ध गराउनु पर्ने वडावासीको माग छ । सोलार वा इन्धनबाट चल्ने यन्त्र भएमा विद्युत आपूर्ति बन्द हुँदा पनि पानी तान्न, भण्डारण गर्न र धारा÷धारमा आपूर्ति गर्न कुनै कठिनाई नहुने गैडाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय सहयोगी केदारप्रसाद अधिकारीले जनसरोकारलाई बताए । उनकाअनुसार लगातारको वर्षा र नजिकैको चा“दी नदीमा बढेको पानीको सतहले गर्दा मोटरले धमिलो पानी तानेको छ । कहिलेकाही त पानी सफा गर्दै दिन जान्छ ।
वडा अध्यक्ष बोधनाथ देवकोटाका अनुसार असारको अन्तिमसाता आएको बाढीले विद्युतीय पोल ढल्दा एक सातासम्म विद्युत अवरुद्ध भयो । त्यसपछि दोहोरिएको वर्षाले पुनः तीन दिनसम्म अवरुद्ध भयो । जसको कारण पानी तान्ने मोटर चलेन । ट्याङ्कीमा जम्मा भएको पानी एक बिहानमै सकियो । स्थानीयले चादी नदीको बाढीको पानी थेग्य्राएर वा वर्षातको पानी भाँडामा थापेर खान बाध्य भए ।
उनले फोहर तथा दुषित पानीको कारण २०७१ सालमा झाडापखालाको महामारीले छ जना भन्दा बढीको ज्यान गएपछि प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको पहलमा तत्कालीन जिल्ला खानेपानी तथा सरसफाई आयोजनको कार्यालय गौरले पानी ट्याङ्की निर्माण गरेको हो । गैडाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले पानीपोतबाट प्राप्त रकम विजुलीको महसुल तिर्न धौ धौ परिरहेको अवस्थामा पनि विद्युतको वैकल्पिक व्यवस्था गर्न इन्धनबाट चल्ने यन्त्रको व्यवस्थापन यथाशीघ्र गरी पानीको आपूर्ति नियमित गर्ने जनसरोकारलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles