आगलागीबाट ४ घर जलेर नष्ट

गढीमाई,२४ साउन । रौतहटको गढीमाइ नगरपालिकामा बिहीबार दिउ“सो आगलागी हु“दा ४ वटा घर जलेर नष्ट भएका छन् । गडीमाइ नगरपालिका २ सुन्दरपुरमा आगलागी हु“दा ४ वटा घर जलेर नष्ट भएको हो । उक्त आगलागीमा परि एक जना बालक समान्य घाइते भएका छन । सो गा“उका नागेन्द्र राय यादव र जंगीलाल राय यादवको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायव निरीक्षक अरविन्द साहले जानकारी दिए । आगलागीबाट नागेन्द्र राय यादवका ४ वर्षीय नाती प्रदीप राय सामान्य घाइते भएको उनले बताए । अप्रत्यासित रूपमा लागेको आगलागीबाट ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायव निरिक्षक साहले बताएका छन् । आगो पूर्ण रूप नियन्त्रणमा आएको उनले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles