नवविकासको ११ औं साधारणसभा सम्पन्न

चन्द्रपुर,२६ साउन । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । ३५ जना सेयर सदस्यको ३५ लाख बाट शुरु भएको संस्थाले ११ बर्ष मा ९ सय ४२ महिला सदस्य , ८ सय १९ पुरुष ,बाल बचतकर्ता ४ सय ८४ सहित २ हजार २ सय ९० सदस्य बनाउन सफल भएको साधारण सभामा प्रस्तुत गरिएको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । संस्थाको शेयर पुजी अघिल्लो आर्थिक बर्ष भन्दा २३. २७ प्रतिशतले बढेर १ करोड ४७ लाख ११ हजार ६ सय पुगेको संस्थाका कोषाध्यक्ष दिनेश मैनालीले साधारणसभामा जानकारी दिए ।

संस्थाले १६ करोड ९४ लाख ९४ हजार ५५६.१७ रुपैया बराबर को सम्पत्ति पुर्याउन सफल भएको बार्षिक प्रतिवेदनमा जनाईएको छ । ८ जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिन सफल संस्थाले आर्थिक बर्ष २०७५÷०७६ मा २ करोड २२ लाख ११ हजार १ सय पच्चीस रुपैया“ आम्दानी गर्न सफल भएको छ । २ नम्बर प्रदेशकै उत्कृष्ट घोषित सो सहकारीले सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मको मानवीय समवेदनालाई सम्बोधन गर्ने, विपन्न वर्ग तथा महिला उत्थानको कार्यक्रमबाट गरिबी हटाउने, वैंकिङ पहु“च नभएका ग्रामिण भेगका शेयर सदस्यलाई सहकारी ऐन अनुरुप सेवा सुविधा र ज्ञान दि“दै बचत गर्ने बानी बसाल्ने काम गर्दै जाने संस्थाका अध्यक्ष देब बहादुर सापकोटाले बताए । उनले पछिल्लो समयमा सहकारीले महिला सशक्तिकरणमा उल्लेख्निय काम गरेको बताउ“दै आर्थिक रुपमा मात्रै नभई,सामाजीक रुपान्तरणमा पनि सहकारीको भूमिका प्रशसंनीय भएको उल्लेख गरे । महिलालाई सशक्त नबनाएसम्म सम्रगमा देश विकाश हुन नसक्ने अध्यक्ष सापकोटाको जोड थियो । सहकारी संस्थामध्ये अब्बल र उत्कृष्ट संस्थाले गरिब, निमुखा तथा विपन्न परिवारलाई जीवनस्तर उकास्ने खालका कार्यक्रम दिदैं सम्बृद्धि तर्फ उन्मुख गराउनेमा संस्था केन्द्रित हुनुपर्ने रौतहट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडग बहादुर तामाङले बताए ।

कार्यक्रममा संकल्प साकोसका अध्यक्ष बिभु पोखरेलले सहकारी संस्थाहरु गाभिएर काम गर्ने हो भने अझै बलियो बन्ने बताए । उनले मर्जर प्रक्रियाका लागी संकल्प तयार रहेको बताउ“दै सबै सहकारीले यो विकल्प खुल्ला राख्दै सहकारीको मुल्य र मान्यता अनुरुप सेवा प्रदान गर्नुपर्ने बताए । संस्थाले आफ्नो ११ औं साधारण सभाको अवसर पारेर विभिन्न शेयर सदस्यलाई सम्मान समेत गरेको छ । सम्मान पाउनेमा जेष्ठ सदस्य सम्मानतर्फ नक्कल बहादुर सापकोटा र चिनिमाया धमला रहेका छन् । त्यस्तै,बाल बचत तर्फ उत्कृष्ठ बाल बचतकर्ता खुसी कमारी र सर्वाधिक बाल बचत कर्ता भाक्ष्करराज खरेललाई सम्मान गरेको छ । संस्थाले असल बचत कर्तातर्फ उत्कृष्ट नियमित बचतकर्ता यशोदा देवकोटा,सर्वाधिक नियमित बचतकर्ता गोविन्द प्रसाद उपाध्याय,बर्षको उत्कृष्ट दैनिक बचतकर्ता योग प्रसाद पन्तलाई सम्मान गरेको छ । त्यस्तै,असल कारोबारीतर्फ केशव प्रसाद दहाल,धनलाल विश्वकर्मा,श्याम बहादुर भण्डारी,लोक बहादुर आचार्य,पुष्पा खतिवडार किम कुमारी मल्ललाइ सम्मान गरेको छ । संस्थाको उत्कृष्ट कर्मचारी ऋण व्यवस्थापक युवराज पौडेल घोषित भएका छन् । साधारणसभाका अतिथीहरुमा चन्द्रपुर नगरपालिका ७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेती,वडा नम्बर ४ की प्रतिनिधि प्रेम कुमारी तिमलसिना,चन्द्रपुर नपा सहकारी शाखा प्रमुख चन्द्रकला बराल,राष्ट्रिय सहकारी बैंक चन्द्रनिगाहपुर शाखाका प्रमुख रोशन कार्की,सफल साकोसकी अध्यक्ष देवकी नेपाल,स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राणा लयायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles