चन्द्रपुर,२६ साउन । बागमती र चादी नदी बाट रातीराती ढुगा संकलन हुदै आएको स्थानियले बताएका छन । बाढीले ल्याएको ढ“ुगाहरु व्यपारीले संकलन गर्न थालेका हुन ।
चन्द्रपुर नगरपालिकाले नदीहरुको अनुगमन नगरेका कारण ढुंगा व्यपारीहरुको मनोवल बढेको स्थानियको भनाइ छ ।
चा“दी नदीको गैडाटार आसपास बाट र बागमतीको मंगलपुर बाट राती राति टेक्टर बाट नदी किनारमा ढुगा संकलन हुदै आएको स्थानियले बताएका छन् । बागमती नदीको घाट भन्दा करीव ५ सय मिटर दक्षिण बाट चार दिन देखी राति राति ढ“ुगा संकलन हुदै आएको छ । गैडाटारमा भने दुइसाता अघि ढु“गा संकलन भएको र बिरोध पछि रोकिएको बताइएको छ । गै“डाटारको बन्ठा बजार आसपासमा दर्जनौ ट्रेक्टर ढ“ुगाहरु संकलन गरी राखिएको छ । यस्तै मंगलपुरको घाट भन्दा दक्षिण पनि ढ“ुगा संकलन गरी राखिएको छ ।
चन्द्रपुर नगरपालिकाले नदी जन्य सामाग्री निकाल्न रोक लगाएको समयमा नदीमा टे«क्टर फेला पारे ३० हजार जरीवाना गर्ने सूचना जारी गरेको थियो । अनुगमन नहु“दा व्यपारीहरुले नदी बाट ढु“गा निकालिरहेका छन । स्थानीयले नगरपालिकाले सूचना जारी गरेपनि प्रभावकारी रुपमा अनुगमन नगर्दा ढुंगा व्यापारील् ब्रह्लुट मच्चाएको भन्दै बिरोध जनाउन थालेका छन् । प्रहरीलेपनि यस विषयमा चासो नलिएको स्थानीयको आरोप छ ।