रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेको श्याम मोबाईल पसलमा चोरी गर्ने उद्देश्यसहित स्कारपिओ गाडीमा आएका एक भारतीय नागरिक सहित दुई जना चोरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विआर ०५ पि ३६४६ नम्वरको स्कारपिओ जिप चढेर चोरी गर्ने उद्देश्यबाट पुर्व पश्चिम राजमार्गको चन्द्रपुर आएका चार जना व्यक्तिले न्यु स्याम मोवाईल पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले आईतबार राति २.३० बजेको समयमा भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका वडा नम्वर ५ बस्ने ३४ बर्षका प्रमेशंकर यादव र भारत बिहार सितामढी जिल्लाको खडका पंचायत, रामपुरका ३० बर्षका लोकेश कुमारलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुसंगै रहेका दुई जना व्यक्ति फरार भएपनि उनीहरुलाई चाडै पक्राउ पर्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए । सिसिटिभी क्यामराको निगरानीका कारण स्करपिओ चढेर आएका दुई जनालाई चोरलाई समात्न प्रहरी सफल भएको हो ।
पक्राउ परेका दुईजनाको साथ बाट प्रहरीले सटर काटन प्रयोग हुने वायर कटर र तीन थान मोवाईल समेत बरामद भएको ईलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
चोरी गर्न स्कारपियो चढ्दै चोर
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg