स्कारपियोको ठक्करले एक जनाको मृत्यु

गौर,२९ साउन । रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो ।
सदरमुकाम गौरबाट बौधीमाई नगरपालिकातर्फ जाने क्रममा राजपुर नपा–२ स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्वरको भारतीय स्कारपियो जिप ब्याक गर्ने क्रममा ठक्कर लाग्दा भारत विहार सितामढी जिल्लाको पिपराढीका ६० वर्षिय विन्देश्वर दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्कर दिने जीप र चालक गौर नगरपालिका–४ का राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतकको शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि भुपेन्द्रबहादुर खत्रीले जानकारी गराएका छन् ।
बौधीमाई नगरपालिकाले सवारी साधन खरिद नगरिकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्वरको जिप भाडामा सुविधा उपलब्ध गराएको बुझिएको छ । मंगलबार बिहान कार्यालय जाने समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद चन्द्रवंशी चढ्ने भारतीय जीप जाममा परेपछि मोटरसाइकलले कार्यालय पुगेका थिए । जामबाट नै गाडी ब्याक गर्ने क्रममा दासलाई ठक्कर लागेको थियो । मृतक दासको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles