सहकारीले जीवनस्तर उकास्ने काम गर्नुपर्छ/मेयर चौधरी

चन्द्रपुर,२६ साउन ।चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहकारीको विकास भए गा“उ गा“उमा समृद्धि आउने बताउनुभएको छ । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बाल्दै उहा“ले सहकारीले गरीव,विपन्न तथा बरोजगारलाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन सक्ने बताउनुभयो ।
प्रमुख चौधरीले चन्द्रपुरमा धेरै सहकारी भएपनि नवविकास लगायत २,४ सहकारीले मात्र सहकारीको मर्म बुझेर सेवा प्रवाह गरेको बताउनुभयो । उहाले सहकारीको विकासका लागी चन्द्रपुर नगरपालिका सदैव तयार रहेकाले सहकारीमय नगर बनाउन सहकारीका अभियान्ताहरुलाई आग्रह समेत गर्नुभयो । उहाले सहकारी संस्थाहरु एक भएर जाने हो भने नगरमा कोही गरिव,बेरोजगार हुनु नपर्ने बताउ“दै सहकारी संस्थाले आर्थिक आर्जन भन्दा पनि शेयर सदस्य र जनताको जीवनस्तर उकास्ने काम गर्र्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles