रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राख्न आदेश

चितवन /  पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनाको शुक्रबारकाे थुनछेक बहस सकिएको छ ।

चितवन जिल्ला अदालतले उनीहरुलाई पाँचदिनको थप म्यादसहित हिरासतमा राख्न आदेश दिएकाे छ । अदालतले हिजो बिहीबारको मितिबाट लागू हुने गरी ५ दिन म्याद थप गरेको छ । उनीहरुलाई अदालतले पक्राउ गरेको मितिबाट ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg