पत्रकार पुडासैनी आत्महत्या प्रकरणःपत्रकार रवि,युवराज र नर्स अस्मिता पक्राउ

काठमाण्डौ,३१ साउन । नेपाल प्रहरीले टेलिभिजनको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका लागि रवि र युवराज कँडेललाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो । यसअघि विहिबार दिउसो नै उक्त घटनामा मुछिएकी अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । रवि र युवराजलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार सा“झ नियन्त्रणमा लिएको हो ।न्यूज २४ टेलिभिजनको पानी पोखरीस्थित कार्यालयबाट पक्राउ परेका दुवैजनालाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछाने र कँडेललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले बताए। दुवैजनामाथि अनुसन्धान अघि बढाउन चितवन लगिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg