लागु औषध सहित एक जना पक्राउ

गौर,३१ साउन । रौतहट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार रातीको समयमा जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुरखाप र नरकटियाको सडक खण्डबाट प्रहरीले बारा जिल्ला साबिक हरीहरपुर ८ र हाल सिम्रोनगढ बस्दैआएका बर्ष ६० का गोकर्ण महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । बिषेश सूचनाको आधारमा भारतीय नम्बर बिआर ० ५ एच ८८१२ नम्बरको मोटरसाईकल चेकजा“चको क्रममा साधन तथा पैदल यात्रु चेकजा“चको क्रममा लागू औषध सहित महतो पक्राउ परेका हुन ।
मोटरसाइकलमा बोकी राखेको सेतो बोरा भित्र लागुऔषध डाइजेल्याब चारसय ९२ एम्पुल,फेनारगन चारसय ९३ एम्पुल,र नोर्फिन पाचसय चार गरेर १ हजार ४ सय ९९ एम्पुल नशालु सुई बरामद भएको एसपी खत्रीले जानकारी दिए । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles